युवा जगाउन गीत



गायक प्रताप दासद्वारा स्वरबद्व राष्ट्रिय भावनाले ओतप्रोत गीत जाग युवा हो सार्वजनिक गरिएको छ। यस सँगसँगै यसको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ।
इन्दु दनुवारको शब्द, सुरज लामिछानेको संगीत र कथा रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो। यादव पुडासैनीको निर्देशन र नारायण रिजालको कोरियोग्राफी रहेको गीतको भिडियोमा दिलीप रायमाझी, इन्दु दनुवार, बालकलाकार आस्तिक रिजालले अभिनय गरेका छन्। सुरेश बज्राचार्यको छायांकन रहेको गीतको भिडियोमा अनिल कुमार महर्जनको सम्पादन छ। गीतले अब युवाहरु राष्ट्रियताका विषयमा जाग्नुपर्ने सन्देश दिएको छ। ‘हामी सबैले मिलेर राष्ट्रिय जागरण गीतको भिडियो स्रोता दर्शकमाझ ल्याएका छौं, सबैले माया गरिदिनुहुनेमा आशावादी छौं।’ –संगीतकार सुरजले भने।

प्रतिक्रिया दिनुहोस्