डा.केसीको जीवन रक्षाका लागि सरकारसँग वार्ता हुँदै



भगवती तिमल्सिना, काठमाडौँ ।

चिकित्सा शिक्षाको सुधारको माग राख्दै १९ औं पटकको अनसनमा बस्नुभएका डा.गोविन्द केसीको जीवन बचाउनका लागि २५ औं दिनमा चौतर्फी दबाब भएपछि बुधबार गठन गरिएको सरकारी वार्ता टोलीसँग केसीका तर्फबाट तोकिएका वार्ताटोलीको बिहान १०ः३० देखि छलफल शुरु भएको छ ।

वार्ता टोलीमा सरकारका तर्फबाट शिक्षा सचिव गोपीनाथ मैनालीको समायोजनमा गुणराज लोहनी, स्वास्थ्य मन्त्रालयका सहसचिव र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलीप शर्मा सहितको तीन सदस्य रहेका छन् ।

त्यसैगरी अनसनरत डा.केसीका तर्फबाट संयोजक डा. जीवन क्षेत्री, सदस्यहरु डा अञ्जनी कुमार झा, नेपाल स्वास्थ्य अनुसन्धान परिषदका अध्यक्ष तथा नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष, डा लोचन कार्की, नेपाल चिकित्सकसंघका अध्यक्ष, ओम प्रकाश अर्याल कानूनविद् सहितको टोली रहेको छ ।

प्रतिक्रिया दिनुहोस्