५१ वर्षपछि अमरकोशःको दोस्रो संस्करण प्रकाशित



न्युज अफ नेपाल, काठमाडौँ
नेपाल प्रज्ञा–प्रतिष्ठानबाट ऐतिहासिक महत्त्वको अमरग्रन्थ ‘अमरकोशः’को दोस्रो संस्करण प्रकाशित भएको छ । विद्वद्वरामरसिंहविररचितः ‘अमरकोशः’ प्रथम संस्करण प्रकाशित भएकोे ५१ वर्षपछि दोस्रो संस्करण प्रकाशित भएको हो । उक्त ग्रन्थको प्रथम संस्करण बालकृष्ण सम उपकुलपति भएका बेला २०२६ सालमा प्रकाशित भएको थियो ।
प्रज्ञा–प्रतिष्ठानद्वारा स्थापनाकालदेखि प्रकाशित भएका महत्त्वपूर्ण ग्रन्थहरू आवश्यकता र औचित्यका आधार पुनः प्रकाशन गर्दै जाने नीतिअनुसार पं. कुलचन्द्र शर्मा गौतम टीकाकार रहेको ‘अमरकोशः’ को दोस्रो संस्करण प्रकाशनमा ल्याइएको उपकुलपति डा. जगमान गुरुङले बताउनुभयो । उहाँले यसबाट भाषा र कोशविज्ञानका अनुसन्धाताका साथै अन्य विषयका अध्येताहरूसमेत लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।
जम्मा ६८८ पृष्ठको ‘अमरकोशः’ को मूल्य ७८० रुपियाँ रहेको छ । उक्त ग्रन्थ प्रज्ञा भवन, कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानको बिक्री कक्ष र मकालु प्रकाशन गृहको आधिकारिक वितरणमा मुलुकका सात ओटै प्रदेशका प्रमुख पुस्तक पसलहरूमा उपलब्ध हुनेछ ।

प्रतिक्रिया दिनुहोस्