ट्रम्पका लागि अर्को हप्ता खतरा हुन सक्ने विज्ञहरूको डर



वासिङ्टन, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प वाल्टर रिड हस्पिटलबाट ह्वाइट हाउस फर्केदेखि नै स्वास्थ्य विज्ञहरू चिन्तित छन् । ट्रम्पका फिजिसिन डाक्टर सान कोनलीका अनुसार ट्रम्प डिस्चार्ज हुँदा सबै मानकमा राम्रो थियो ।
ह्वाइट हाउस फर्केपछि राष्ट्रपतिले पहिलो रात आरामसँग बिताए । यद्यपि फ्रन्टलाइन डाक्टर्सहरुले कोरोना बिरामीको हकमा त्यति छिटो ठीक भएको मान्नु हटार हुने बताएका छन् ।
कयौं अनुसन्धानमा रोग संक्रमणपछिको दोस्रो हप्तामा तीव्र गतिमा बढ्ने गरेको देखिएको छ । सान फ्रान्सिस्कोको युनिभर्सिटी अफ क्यालिफोर्निया डिपार्टमेन्ट अफ मेडिसिनका हेड रोबर्ट वाकटरले पनि कयौं सम्भावना अझै बाँकी नै रहेको बताए । यो बेला ट्रम्प हेलिकोप्टर राइडको दूूरीमा नभई आईसीयूबाट ५० फिटको दूूरीमा बस्नुपर्ने उनले बताए ।
ट्रम्पको उपचारसँग सम्बन्धित जानकारीले नै विज्ञहरुको चिन्ताका कारण बनेको हो । कोनली आफंैले शुरुमा ट्रम्पलाई अक्सिजन दिइएको बताएका थिए तर पछि राष्ट्रपतिको स्वास्थ्यस्थिति त्यति खराब नभएको देखाउने प्रयास भयो । आइतबार मात्रै ट्रम्पलाई डेक्सामेथासोन दिएको जानकारी दिइएको थियो । यो सामान्यतया त्यस्ता बिरामीलाई दिइन्छ जसलाई श्वास लिनमा समस्या देखिएको हुन्छ ।
ट्रम्पलाई अर्को औषधि रेमेडेसिविर पनि दिइएको थियो, जुन परीक्षणकै क्रममा रहेको औषधि हो । जिलिड साइन्सेसले बनाएको उक्त औषधिलाई आपत्कालीन अवस्थामा मात्र प्रयोग गर्न अनुमति दिइएको थियो । योबाहेक ट्रम्पलाई दुईवटा मोनोक्लोनल एन्टिबडी ककटेल दिइयो, जुन बायोटेक कम्पन रेजिनेरोनले बनाएको हो । यी सबैले संक्रमणपछि ट्रम्पको स्वास्थ्यस्थिति धरै नै खराब भएको थियो भन्ने संकेत दिने विज्ञहरुले बताए । कोनलीले ट्रम्पको फोक्सोको स्क्यानमा अपेक्षा गरेअनुसारको नतिजा आएको भने पनि स्क्यान नर्मल थियो भनिएको थिएन । कोनलीको भनाइको अर्थ के हो बुझ्ने प्रयास भइरहेको डाक्टरले बताए ।
ट्रम्पको लक्षणबाहेक उनलाई संक्रमण कहिले भएको थियो भन्ने पनि ठूूलो प्रश्न हो । किनभने संक्रमणपछिको दोस्रो हप्ता सबैभन्दा महत्वपूूर्ण हुने गर्छ । यही हप्तामै भाइरस विद्ध शरीरले रेस्पोन्स गर्छ । शरीरको यो प्रतिक्रिया अत्यन्तै आक्रामक हुन्छ र फोक्सोलाई नोक्सान पु¥याउन सक्छ । यदि यो अवधिमा बिरामीको निगरानी नहुने हो भने थुप्रै अंगले काम नगर्न सक्छ र ज्यान पनि जान सक्छ ।

प्रतिक्रिया दिनुहोस्