अबैध हतियारमा स्याङ्जा प्रहरीको निगरानी, भरुवा बन्दुकसहित २ पक्राउ



न्युज अफ नेपाल, स्याङ्जा ।

अबैध रुपमा हातहतियार राख्ने विरुद्ध स्याङ्जा प्रहरीले स्ट्रिङ अपरेसन चलाएको छ । कोभिड १९ को मौकामा शान्तिसुरक्षा संक्रमण न्युनिकरण गर्न खटिरहेका बेला अपाधिक क्रियाकलाप हुन सक्ने भन्दै प्रहरीले स्ट्रिङ अपरेशन चलाएको हो ।

पछिल्लो समय जिल्ला प्रहरी कार्यालय स्याङ्जाले अबैध हात हतियार राख्ने तर्फ निगरानी बढाएको छ । प्रहरीले चलाएको स्ट्रिङ अपरेसनमा अबैत्र हतियार राख्ने दुई जनालाई पक्राउन गरेको छ । भरुवा बन्दुक सहित प्रहरीले पुतलीबजार नगरपालिका ६ बस्ने ६६ बर्षका थमन गुरुङ् र २० बर्षका सुजन गुरुङ्लाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरिक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए ।

थमन गुरुङको साथबाट एक थान अबैध भरुवा बन्दुक, भरुवा बन्दुकको नाल एक थान,बारुद थान १५४ ग्राम,टिनको स—साना पाता ११ वटा, केप ४ थान, काँचो सिसा १४६ वटा नियन्त्रणमा लिईएको प्रवक्ता नायव उपरिक्षक अधिकारीले बताए । त्यस्तै सुजन गुरुङको साथबाट एक नाले भरुवा बन्दुक नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । उनीहरु दुवै जनालाई जिल्ला अदालतबाट २४ दिनको म्याद थप गरी अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

चाडवाड नजिकिदै गर्दा शान्तिसुरक्षामा कुनै कसुर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरेका जिल्ला प्रहरी प्रमुख होविन्द्र वोगटीले सुरक्षा गस्ति बढाएको बताएका थिए । सुरक्षा गस्ति बढाए सगै प्रहरीले अबैध हतियार राख्ने व्याक्ति प्रकाउ परेका हुन् । अदालतले सजाय तोकेका फरार अभियुक्त धमाधम पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालयले सामाजिक, आर्थिक, भौतिक, प्राकृतिक लगायतका बिषयमा खलल् पुर्‍याउने व्याक्तिलाई नछाड्ने अडानका साथ अगाडी बढेको देखिन्छ ।

प्रवक्ता अधिकारीका अनुसार जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट अनुमति नलिएका र नविकरण नगरी अबैध रुपमा राखिएका आर्थिक बर्ष २०७७र०७८ को साउन देखि असोज सम्म ८ नाल भरुवा बन्दुक र ६ जनालाई पक्राउ गरिएको छ । अबैध रुपमा अझै धेरै संख्यामा हतियार रहेको प्रहरीले आशंका गरेको छ । तिब्र रुपमा गस्ति बढाएको प्रहरीले अबैध धन्दामा जोसुकै परेपनि नछाड्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्