मेडलिज ट्रेडर्समा करीब १० लाख रुपैयाँ बराबरका म्याद सकिएका खानेकुरा



न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौं कालोपुलमा सञ्चालन भएको मेडलिज ट्रेडर्समा करीब १० लाख रुपैयाँ बराबरका म्याद सकिएका खाद्यबस्तु भेटिएका छन् ।

महानगरको उपभोक्ता हित संरक्षण समितिको अनुगमनका क्रममा आज यी सामाग्री भेटिएका हुन् । ट्रेडर्सकी सञ्चालिका भगवती सिग्देल भन्दै हुनुहुन्थ्यो – ‘लकडाउन भयो । सामान हेर्न भ्याइएन । तपाईहरु अर्कोपटक आउँदा, सुधार भएको पाउनु हुनेछ ।’

पसलमा बट्टामा प्याकिङ् गरिएका खानेकुरा, चामल, बिस्कुट, चकलेट, चिउरा, अचारलगायतका सामान थिए । अनुगमन टोलीले सञ्चालकलाई ३ दिनभित्र कृषि बिभागमा हाजिर हुन निर्देशन दिएको छ ।

मार्टमा भएका अधिकांश सामान उपभोग गर्ने अवस्थाका देखिएनन् । कृषि बिभागका प्रमुख एवं अनुगमन टोलीका संयोजक हरिबहादुर भण्डारी भन्नुहुन्छ -‘ यो समस्या अधिकांश मार्टमा देखिएको छ ।’

गुणस्तरीय सामानका लागि मार्टमा जाने उपभोक्ता गुणस्तरमा झन् ठगिएका छन् । उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेना भन्नुहुन्छ -‘राम्रा भनिएका ठाउँमा समस्या छ । अन्यत्र के होला?’

प्रतिक्रिया दिनुहोस्