बझाङ कालङ्गा हाईड्रोपावरको ९२ प्रतिशत काम सम्पन्न, ‘बिकट बस्तीमा बिजुली’



ललित सिंह, चैनपुर, बझाङ ।

सुदुरपश्चिम प्रदेशको एक मात्र पहिलो निजि लगानिमा संञ्चालन हुन लागेको सबै भन्दा ठुलो कालङ्गा हाईडोपावरको काम अन्तिम चरणमा पुगेको छ ।

निजि लगानि बाट सञ्चालित कालङ्गा हाईडोपावरको सम्पुर्ण काम पुष महिनामा भित्र पुरा भई फागुन महिना भित्र बिद्युत आपुर्ति हुने कम्पनीको दाबी रहेको छ । अहिले हाईडोपावरको काम ९२ प्रतिशत सम्पन्न भएको छ ।

बुंगल नगरपालिका वडानं. ५ को पाउँटामा संञ्चालन गरिएको कालङ्गा हाईडोपावरको काम तिब्र रुपमा अगाडि बढि रहेको छ । तिन बर्ष भित्र काम पुरा गरि बिद्युत बितरण गर्ने लक्षण लिएर ७३ चैत्र ८ गते बाट हाईडोपावरको काम सुरु गरेको भए पनि बिश्वरभर फैलिएको कोरोना भाईरस कोभिड १९ का कारण देशमा लकडाउन भए संगै स्थानियको अबरोधका कारण लक्ष्य भन्दा चार महिना ढिलो सम्पन हुन लागेको संञ्चालन समितिका पदाअधिकारीको भनाई रहेको छ ।

दुर्गमका अध्यारा गाउँमा उज्यालो बनाउदै बालबालिका र महिला संगै मानव जिवनको जिवन शैलिमा परिर्वतन ल्याउन सफल हुने लगागी कर्ता तथा संञ्चालन समितिका सदस्य शिब घिमिरेको भनाई छ ।

उनले भने हामी बुगल क्षेत्रमा मात्र ६५ मेघा वाट बिद्युत उत्पादन गर्दै छु । कालङ्गाहाईडोपावरको क्षमता १५ .३३ मेघा वाट हो सबै भन्दा अप्ठायारो काम सुरुङ्गमार्ग भए पनि साढे ३ किलो मिटर सुरुङ्गमार्गको काम पुरा भई नहर पावर हाउसको घर र बाँध समेत पुरा भएको छ । हामी यो लगाए अन्य ३ योजना पनि बनाई रहेका छु ।

सुदुरपश्चिका ९ जिल्ला र ६ नम्वर प्रदेशमा समेत ६५ मेगावटा बिद्युत उत्पाद गरि वितरण गरेर बिकास निमार्णमा टेवा पुर्‍याउने लक्ष्य रहेको संञ्चालक समिति सदस्य तिर्थराज चटौतले बताए ।

उनले भने काम गर्न निकै गाह्रो छ , कहिले बाढि, झरि ,हिमपात कहिले स्थानियले हाईडोपावर समन्धि अबुझका कारण अबरोध गर्दा बिभिन्न समस्या झेल्नु परेको छ । कम्पनीमा काम गर्ने दक्ष अर्धदक्ष र प्राधिकि गरि जिल्ला बाहिर र भित्रका अहिले ५ सय जना भन्दा बढिले काम गरि रहेको छ ।

निजि लगानी बाट संञ्चालित कालङ्गा हाईडोपावरको मात्र कुल लगात २ सय ८० करोड रहेको छ । त्यस मध्ये २५ प्रतिशत व्यक्ति र अन्य ७५ प्रतिशत माच्छापुच्छे बैक , एनएनबि बैक, सिबिल बैक लगाएतको लगानी रहेको छ । पानी खेर गएको छ अध्यारो हटाई उज्याले ल्याउन हाम्रो यो प्रयास भएको समितिको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्