पूर्वबक्सर शर्मालाई आर्थिक सहयोग



न्युज अफ नेपाल, काठमाडौं ।

पूर्वबक्सर ओमप्रकाश शर्माको उपचारका लागि नेपाल बक्सिङ संघका सदस्य ओमनारायण श्रेष्ठले आर्थिक सहयोग गरेका छन् ।

विगत एक महिनादेखि पक्षघातबाटबाट थलिएका शर्माको उपचारका लागि श्रेष्ठले ५० हजार रुपैयाँ सहयोग गरेका हुन् । बुधबार मरु गणेशस्थित शर्मा निवासमै पुगेर ओमनारायण श्रेष्ठले आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् । लामो समयदेखि उच्च रक्तचापबाट पीडित शर्मा एक महिना अघि पक्षघातबाट थलिएका थिए ।

वि.सं. २०३३ सालबाट बक्सिङ खेल्न थालेका शर्मा पाँच पटकका राष्ट्रिय च्याम्पियन हुन् । उनले भारतको मुम्बईमा भएको एसियन च्याम्पियनसिप लगायत विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि सहभागिता जनाएका थिए । नेपाल बक्सिङ संघका सदस्य श्रेष्ठले पूर्वबक्सर शर्माको उपचारका लागि थप सहयोग जुटाउन अभियान सञ्चालन पनि सुरु गरिएको बताए । नेपाली बक्सिङको विकास र विस्तारमा लामो समयदेखि क्रियाशील श्रेष्ठले यसअघि पनि आपतविपद परेका खेलाडी, प्रशिक्षकलगायतलाई सहयोग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्