कोरोनाले हेटौंडा अस्पतालको फिभर क्लीनिक प्रभावित



कृष्णउदास खनाल, हेटौंडा ।

मकवानपुरमा रहेको एक मात्र जिल्ला हेटौंडा अस्पतालमा कोरोना भाइरसका लागि लक्षित गरी संचालित फिभर क्लीनिक प्रभावित भएको छ ।

उक्त क्लीनिकमा कार्यरत दुईजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टी भएपछि फिभर क्लीनिक प्रभावित भएको हो । थोरैजना कार्यरत रहेको र त्यस मध्य पनि केहीजनामा संक्रमण पुष्टी भएपछि क्लीनिकमा काम गर्न समस्या परिरहेको फिभर क्लीनिकका इचार्ज चन्द्र बहादुर हमालले बताउनुभयो । उहाँले दुईजनामा हालै पोजेटिभ भएर आइसोलेशनमा बसेका कारण काम गर्ने आफूहरु दुईजना मात्र हाल रहेको जानकारी दिनुभयो ।

उक्त क्लीनिकमा कार्यरत एकजना डाक्टरमा समेत संक्रमण पुष्टी भएपछि पनि सेवा प्रवाहमा समस्या भएको बताउनुभयो । यद्यपी हेटौंडा अस्पतालको फिभर क्लीनिकले स्थापना देखि नै सेवा दिँदै आएको र करिब २४ हजार जनाले हालसम्म सेवा लिएको पनि तथ्यांक छ ।

चैत ११ गतेबाट लकडाउन शुरु भएपछि नै फिभर क्लीनिक संचालनमा ल्याइएको र त्यसयता मात्रै उलेख्य मात्रामा नागरिकहरुले सेवा लिएको र यसैका आधारमा मकवानपुरमा कोरोना संक्रमितहरु पत्ता लगाउन सजिलो भएको पनि दाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्