थोमस आर्सेनलमा अनुबन्धित



लन्डन, एजेन्सी
इंग्लिस प्रिमियर लिग क्लब आर्सेनलले स्पेनिस ला लिगा क्लब एट्लेटिको मेड्रिडका मिडफिल्डर थोमस पार्टेलाई ५० मिलियन युरोमा क्लबमा भिœयाएको छ ।
घानाका मिडफिल्डर थोमसलाई धेरै क्लबले अनुबन्ध गर्ने प्रयास गरे पनि उनी आर्सेनलमा भित्रिएका हुन् । आर्सेनलले उनलाई रिलिज क्लज तिर्दै क्लबमा भिœयाएको हो । आर्सेनल पार्टेलाई जनवरीको ट्रान्फर विन्डोदेखि नै अनुबन्धन गर्न प्रयासरत थियो । सन् २०११ मा एट्लेटिकोमा पुगेका २७ वर्षीय पार्टेले क्लबका लागि १ सय ८८ म्याच खेलेका छन् ।एट्लेटिकोमा गत सिजन ३५ खेल म्याच खेल्दा उनले तीन गोल आफ्नो नाममा लेखाएका थिए ।
त्यस्तै, आर्सेनलले भने लुकस टोरेरालाई लोनमार्फत एक सिजनका लागि एट्लेटिकोमा पठाएको छ । घानाका लागि २९ म्याच खेलेका पार्टेले एट्लेटिकोसँग युरोपा लिग र सुपर कप जितेका छन् ।
यो पटकको प्रिमियर लिग ट्रान्सफर विन्डोमार्फत् पोर्चुगिच क्लब पोर्टोका एलेक्स टेल्लेसलाई पनि म्यानचेस्टर युनाइटेडले १५.४ मिलियन पाउन्डमा अनुबन्धित गरिसकेको छ । त्यसअघि एमाड डिएल्लो पनि एट्लान्टाबाट ३७ मिलियन पाउन्डमा म्यानचेस्टर युनाइटेडमा भित्रिएका थिए । यो विन्डोमा खरिद गरे पनि डिएल्लो जनवरीमा मात्र युनाइटेडको खेलाडी हुनेछन् । त्यस्तै, एडिसन कभानीलाई पनि फ्री ट्रान्सफरबाट म्यानचेस्टर युनाइटेडले आफ्नो टोलीमा सामेल गरेको छ । पीएसजीसँग सम्झौता सकिएपछि क्लबविहीन रहेका कभानीलाई म्यानचेस्टर युनाइटेडले बिना कुनै शुल्क क्लबमा भिœयाएको हो ।
त्यस्तै, नर्विच सिटीका बेन गोड्फ्रे पनि एभर्टनमा अनुबन्धित भएका छन् । बेन २५ मिलियन पाउन्डमा एभर्टनमा आएका हुन् । त्यसैगरी थियो वालकट पनि एभर्टनबाट साउथह्याम्प्टनमा एक सिजनका लागि लोनमा आएका छन् । त्यस्तै, फ्रेन्च क्लब रेनेसबाट विङर रफिनालाई पनि लिड्सले आफ्नो चौथो नयाँ खेलाडीको रूपमा क्लबमा भिœयाएको छ ।
यता चेल्सीका रुबेन लफ्टस चिक पनि एक सिजनका लागि  लोनमा फुल्ह्याम आएका छन् । चेल्सीले अर्का मिडफिल्डर रस बार्क्लेलाई भने एस्टन भिल्लामा लोनमा उपलब्ध गराएको  छ ।

प्रतिक्रिया दिनुहोस्