पायलविरुद्व ऋचाले हालिन् मुद्दा



बलिउड अभिनेत्री ऋचा चढ्ढाले अर्की अभिनेत्री पायल घोषविरुद्ध मानहानिको आरोप लगाउँदै अदालतमा मुद्दा दायर गरेकी छिन्। ऋचाले एक अन्तरवार्ताको दौरान आफूविरुद्ध पायलले अपमानजनक प्रतिक्रिया दिएको भन्दै उनीविरुद्ध १.१ करोडको रुपियाँको बिगो दाबी गर्दै मानहानिको मुद्या दायर गरेको नव भारत टाइम्सको अनलाइन संस्करणले जनाएको छ।

यस मामलामा सोमबार बम्बे हाइकोर्टका वकिल अनिल मेननसमक्ष सुनुवाइ गरिएको थियो भने पायलले आफूमाथि लागेको आरोपबारे कुनै पनि कुरा पेस गरेकी छैनन्। पायलले केही दिनअघि बलिउडका चर्चित निर्देशक अनुराग काश्यपविरुद्ध यौन उत्पीडनको आरोप लगाएकी थिइन्।

पायलले सन् २०१५ मा अनुरागले आफूमाथि गरेको व्यवहारले आफूलाई असहज भएको भन्दै यौन उत्पीडनको आरोप लाएकी थिइन्।

यही क्रममा पायलले बलिउडका केही अभिनेत्रीले अनुरागको यस्तो व्यवहार सामान्य मान्दै अनुरागले भनेका जुनसुकै कुरा मान्न तयार भएको भन्ने अभिव्यक्ति दिएकी थिइन्।

जसमा केही अभिनेत्रीसहित पायलले ऋचाको पनि नाम लिएकी थिइन्। अब ऋचाले पनि पायलविरुद्ध मानहानिको आरोप लगाउँदै उनलाई कानुनी तरिकाबाट जवाफ दिने कोशिस गरेकी छिन्।

 

प्रतिक्रिया दिनुहोस्