आयो यसपालिको दशैं



नजिकिँदै गरेको दशैंलाई लक्षित गरेर हेम श्रेष्ठ र सरिता भारतीले यसपालिको दशैं बोलको काठेभाकाको गीत सार्वजनिक गरेका छन्।
डब्बु क्षत्रीले लेखेको गीतको म्युजिक भिडियो उनैले निर्देशन गरेका छन्। हेम श्रेष्ठकै लय सकलन र संगीत रहेको गीतको भिडियो रामशरण उप्रेतीले खिचेका छन् भने ललितसिंह साउदले सम्पादन गरेका छन्। भिडियोमा श्रीदेव भट्टराई, सरिता भारती, विद्या कार्की, नारायण श्रेष्ठलगायतले अभिनय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्