इराक घटनामाथि बनाइयो मार्मिक भिडियो



१६ वर्षअघि इराकमा १२ नेपालीको बीभत्स हत्या गरिएको सत्य घटनामा आधारित रही गायक रिजन गिरीले म्युजिक भिडियोसहित दशैं बोलको गीत सार्वजनिक गरेका छन्।
गीतमा गायक गिरी र उनकी आमा गंगा गिरीको शब्द रचना, संगीत र स्वर रहेको छ। सम्पूर्ण ताम्राकारले यो गीतको संगीत संयोजन गरेका छन्। खुसी र सुखी हुने सपना देखेर परदेसिएका नेपालीको भावनमा बनेको गीतमा मार्मिक म्युजिक भिडियो निर्माण गरिएको छ। म्युजिक भिडियोमा लोकप्रिय चरित्र अभिनेत्री लक्ष्मी गिरी, कुशेन्द्र पुरुष ढकाल, रिजन गिरी र एलिजा न्यौपाने गिरी मुख्य भूमिकामा छन्।
सृजन प्रजापतिले छायांकन गरेको भिडियोलाई निश्चलजंग कार्कीले सम्पादन गरेका छन्। रिजन गिरीको परिकल्पना र कथा रहेको भिडियोलाई अनिल न्यौपानेको निर्देशनमा तयार पारिएको हो। भिडियो गायक गिरीकै युट्युब च्यानल रिजन गिरीमार्फत भिडियो सार्वजनिक गरिएको छ।

प्रतिक्रिया दिनुहोस्