राजको सोच सार्वजनिक



गायक राज सिग्देलद्वारा स्वरबद्व सोच तिम्रो बोलको गीत सार्वजनिक गरिएको छ। गीत ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक भएको हो।
गीतमा लामो गीतकार पदम विश्वकर्माको शब्द रचना र राम कार्कीको संगीत रहेको छ। संगीतकार रामले आफ्नो जीवनमा धेरै गीतमा संगीत भरेको र तीमध्ये मनले राम्रो भनेको सूचीमा यो गीत पनि पर्ने बताए। गीतमाथि म्युजिक भिडियो पनि निर्माण गरिएको छ। सुरेश थापाद्वारा निर्देशित म्युजिक भिडियोमा दीपक आचार्य, इस्टु कार्की, मुना सिलवाल र प्रसन पोखरेलले अभिनय गरेका छन्। भिडियोमा सागर गौतमको छायांकन र अभिनायक शेरचनको सम्पादन रहेका छ।

प्रतिक्रिया दिनुहोस्