सडक दुर्घटनामा क्रिकेटरको निधन



काबुल, (एजेन्सी)
शनिबार सडक दुर्घटनामा गम्भीररूपमा घाइते भएका अफगानिस्तानका ओपनर नजीब ताराकाईले मंगलबार जीवनको युद्ध हारेका छन् । काबुलको एक अस्पतालमा नजीबले मंगलबार अन्तिम श्वास लिएका थिए । अफगानिस्तान क्रिकेट बोर्डले ट्वीटरमा प्रयास गर्दा गर्दै उनको निधन भएको जानकारी गरेको थियो ।
२९ वर्षीय नजीब आक्रमक ब्याटसम्यान थिए । यही कारणले उनलाई टी–२० क्रिकेटमा पहिलो मौका दिइएको थियो । यसपछि वानडे क्रिकेटमा पनि उनले खेलेका थिए । उनले एक मात्र वानडे खेल खेलेर ५ रन बनाएका थिए । उनीले टी–२० मा भने १२ खेल खेलेर २ सय ५८ रन बटुलेका थिए ।
नजीब अफ स्पिनर पनि थिए । उनले २०१४ को टी–२० विश्वकपमा अन्तर्राष्ट्रिय करियर शुरू गरेका थिए । २०१७ मा आयरल्यान्डविरुद्ध उनले ९० रनको सानदार इनिङ पनि खेले । सेप्टेम्बर २०१९ मा उनले बंगलादेशविरुद्ध टी–२० मा खेलेको खेल उनको अन्तिम ब्याटिङ थियो ।

प्रतिक्रिया दिनुहोस्