उप्रेतीको नयाँ कृति ‘घुम्दै फिर्दै अमेरिकामा’



न्युज अफ नेपाल, काठमाडौँ ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति एवम् वरिष्ठ साहित्यकार गङ्गाप्रसाद उप्रेतीको नयाँ पुस्तक ‘घुम्दै फिर्दै अमेरिकामा’ प्रकाशित भएको छ । शमी साहित्य प्रतिष्ठानद्वारा प्रकाशित उक्त पुस्तक उप्रेतीको प्रकाशित कृतिका रूपमा तेह्रौँ र नियात्राकृतिका रूपमा चौथो कृति हो ।
कविता लेखनबाट साहित्य यात्रा आरम्भ गरेका उप्रेतीका यसअगि ‘स्मृतिका छालमा इटाली’ (यात्रा संस्मरण), ‘दृष्टिकोणका विविध बिसाउनी’, ‘व्यक्ति, कृति र प्रवृत्ति’ (समालोचना), ‘तिब्बतमा दस दिन’ (नियात्रा), ‘देश देशान्तर’ (नियात्रा), र ‘चक्रव्यूह’ (कविता) लगायतका १२ ओटा कृति प्रकाशित भइसकेका छन् ।

‘घुम्दै फिर्दै अमेरिकामा’ नियात्राकृतिभित्र नियात्राकार उप्रेतीले वि.सं. २०६६ सालमा अमेरिकाका विभिन्न स्थानमा गरेका यात्राका विविध अनुभव र अनुभूतिहरू समेटिएका छन् । २० ओटा शीर्षकमा लेखिएका उप्रेतीका नियात्राहरूले अमेरिकी परिवेशका साथै अमेरिकी–नेपाली समाज र संस्कृतिको इतिबृत्त उतारेका छन् । नियात्राकार उप्रेतीले यात्राका क्रममा नै टिपोट गरिएको डायरीका आधारमा कोरोना भाइरसका कारण सरकारले बन्दाबन्दी घोषणा गरेपछिको फुर्सदको समयमा साफी गरी कृति प्रकाशनमा ल्याएको जानकारी गराए ।
शमी साहित्य प्रतिष्ठानले छापेको दुई सय २४ पृष्ठको पुस्तकको मूल्य रु. ३२५ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्