महिला हिंसा तथा छुवाछुत गर्नेले उम्मेदवारी नपाउने



रामधन राई, खोटाङ।

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) खोटाङले आफ्नो सदस्यले महिला हिंसा तथा जातीय छुवाछुत गरेको प्रमाणित भए कडाईका साथ कारबाही गर्ने जनाएको छ ।

जिल्लाका दलित समुदायले सुरु गरेको संघर्षमा ऐक्यवद्धता जनाउँदै नेकपाले महिला हिंसा र छुवाछुतपूर्ण व्यवहार गरेको प्रमाणित भए पार्टीबाट निश्कासन गर्ने र जनप्रनिधिको उम्मेदवार बन्न समेत बन्देज गर्ने निर्णय गरिएको नेकपाका जिल्ला सचिव रामप्रसाद दंगालले जानकारी दिनुभयो ।

पार्टी एकताको बाँकी काम टुंग्याउन असोज १८ र १९ गते बसेको सचिवालय बैठकले ६० वर्षमुनिका एकल महिला, ‘ख’ बर्गको अपांगता भएका व्यक्ती, भूपु इन्डियन र ब्रिटिस आर्मीको सामाजिक सुरक्षा भत्ता कटौती नगर्न माग गर्ने पनि निर्णय गरेको छ । वैठकवाट कोरोनाको संक्रमण रोकथामका लागि जनचेतनामुलक अभियान चलाउने, वडा–वडामा ‘एक कमिटि, एक उत्पादन’को अभ्यास गर्ने, जनचासोका कामलाई प्राथमिकता दिएर श्रमदानमा सरिक हुने, राष्ट्रिय परिचयपत्र प्राप्त गर्नका लागि सन्देश प्रवाह गर्ने लगायतका निर्णय गरेको सचिव दंगालले जनाउनुभयो ।

उक्त वैठकले स्थानीय तह स्तरीय कमिटिको इन्चार्ज, सह–इन्चार्ज लगायत जिम्मेवारी बाँडफाँडको टुंगो लगाएको छ । केन्द्रमा तत्कालिन एमाले र माओबादी केन्द्रको एकीकरण भएको झण्डै दुई वर्षपछि नेकपाले जिल्लास्थित १० वटै स्थानीय तह कमिटिको इन्चार्ज र सह–इन्चार्ज टुंगो लगाएको हो । मंगलबार बिहान नेकपाले पुष्पलाल स्मृति भवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा १८ बिभागको जिम्मेवारी बाँडफाँड गरिएको समेत वताईएको छ ।

प्रतिक्रिया दिनुहोस्