सन्तान जन्माउनेलाई सरकारको आर्थिक बोनस



सिंगापुर सिटी,(एजेन्सी) ।

कोरोना भाइरस महामारी फैलिरहेको अवस्थामा मनिसहरुलाई बच्चा जन्माउन प्रोत्साहित गर्न सिंगापुर सरकारले छुट्टै आर्थिक प्याकेज अर्थात हरेक दम्पतीलाई बोनस दिने भएको छ । रोजगारी गुमेको तथा आर्थिक समस्या देखिएका कारण मानिसहरु सन्तान जन्माउनबाट पछि नहटोस् भन्ने उद्देशयले सरकारले यस्तो आकर्षक कार्यक्रम ल्याएको स्थानिय संचार माध्यमले जनाएको छ ।

यसवारे विस्तृत विवरण र घोषित बोनस रकमको परिमाण अझै सार्वजनिक हुनु बाँकी नै छ । यो बोनस यस अघि नै सरकारले सन्तान जन्माउने नागरिकहरुलाई दिँदै आएको अन्य थुप्रै सहयोग बाहेकको हो ।

सिंगापुर विश्वकै सबैभन्दा कम बाल जन्मदर भएको मुलुक मध्ये एक हुन् । सिंगापरु दशकौंदेखि विभिन्न कार्यक्रम सहित बाल जन्म दर बृद्धिका लागि जुटिरहेको छ ।

कोरोना भाइरसकोकारण लगाइएको लकडाउनकाबेला छिमेकी मुलुक इन्डोनेसियार र फिलिपिन्समा भने गर्भधारणको संख्या अचाक्ली बढिरहेको छ । हाल कायम बोनस अनुसार सन्तान जन्माउने दम्पतीलाई सरकारले यहाँ १० हजार सिंगापुर डलर बोनस स्वरप दिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्