धनाढ्यको हत्यारालाई कैद संजाय



मोन्ट्रियल,(एजेन्सी) ।

एकजना चिनिया करोडपतिको हत्या गरी शरिर टुक्रा टुक्रा पारेको अभियोगमा एक व्यक्तिलाई क्यानाडामा कारावास संजाय भएको छ । यस घटनाले चीनमा तहल्का मच्चाएको छ । सन् २०१५ मा आपसमा हिंसात्मक झडप हुँदा लि झाओले आफ्ना नातेदार गाँग युआनलाई गोली हानेर हत्या गरेको बताइएको छ ।

सोमवार यसै अभियोगमा क्यानाडाको एक अदालतले उनलाई दस वर्ष छ महिना लामो कारवास संजाय सुनाएको हो । चिनिया तथा क्यानाडाली दुवै संचार माधयममा यस घटनाले ठूलो प्राथमिकता पाएको छ । ब्रिटिस कोलम्विया सर्वोच्च अदालतले झाओले आफ्नो अपराध प्रति आत्मग्लानी महशुस गरेको तथा अपराध गर्दा आफ्नो दिमाग शुन्य स्थितीमा पुगेको बताएको जानकारी दिएका छन् ।

युआन झाओकी पत्नीको भाइ पर्दछ । तिनीहरु वेस्ट भ्यानकोभर स्थित युआनको घरमा संगै बस्दै आएका थिए । विगतदेखि नै रंगीन मिजासका ४२ वर्षिय युआनको धेरै पटक विवाह भएके थियो । उनले पेट्रोल र कोइला उद्योगबाट करोडौं डलर कमाएका थिए ।

प्रतिक्रिया दिनुहोस्