दुर्घटनामा तीनको मृत्यु



न्युज अफ नेपाल, धादिङ ।

धादिङ भएको छुट्टा छुट्टै दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।

निर्माण सामाग्री गिटी बोकेर गाउँतर्फ जाँदै गरेको स्वराज ट्रक नेत्रावती डब्जोङ गाउँपालिका वडा नं ५ स्थित बेतिनीमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् ।

दुर्घटनामा मृत्यु हुनेमा ट्रक चालक गंगाजमुना गाउँपालिका वडा नम्बर ४ का ४० वर्षिय बेगबहादु तामाङ, ५८ वर्षीय दलबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक लोकनाथ तिम्सीनाले जानकारी दिनुभएको छ । लपाङबाट कोल्चेत जाँदै गरेको बा ५ ख ४७२८ नम्बरको स्वराज ट्रक सडकबाट करिव ४ सय मिटर तल खसेर दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

दुर्घटनामा परि गम्भिर घाईते भएका चालक तामाङको जिल्ला अस्पताल धादिङमा उपचारको क्रममा मृत्यु भएको जिल्ला अस्पताल धादिङले जनाएको छ । यसैगरि धादिङको गल्छी गाउँ पालिका वडा नम्बर ८ स्थित गोगनपानीमा मोटर साईकल दुर्घटना हुँदा एक जनाको घटना स्थल मै मृत्यु भएको छ ।

कच्ची सडकबाट बा ६४ प ६९६४ नम्बरको मोटरसाइकल करिब ५० मिटर तल खसेर दुर्घटना हुंदा मोटरसाईकलको पछाडि सवार स्थानीय ६५ वर्षिय हरि बुढाथोकीको घटनास्थलमा नै मृत्यु भएको हो । मोटरसाइकल चालक घाइते भएका छन् । दुबै दर्घटनामा घाइतेहरुको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । मंगलबार सामाजिक सञ्जालमार्फत आचार्यले आफूहरुलाई कोरोना पुष्टि भएको जानकारी दिएका छन् ।

‘हामी दुवै जनाको कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आज आयो, हाम्रो स्वास्थ्य अवस्था सामान्य छ,  हामीसंग सम्पर्कमा रहनुभएका सम्पूर्ण महानुभावहरुले होम आइसोलेसनमा बसेर निर्धारित समयमा परीक्षण गराउनुहोला,’ आचार्यले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्