प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी भालुवाङ राख्‍ने प्रस्ताव दुई तिहाई बहुमतले पारित



यमलाल भुसाल, बुटवल ।

प्रदेश ५ को छैठौ अधिवेशनको ३१ औ वैठकले मंगलवार स्थायी राजधानी र प्रदेशको नामाकरण स्पष्ट दुई तिहाई बहुमतवाट पारित गरेको छ ।

प्रदेशको राजधानीका विषयमा निकै विवाद र आन्दोलन भएपनि अन्तत स्पष्ट दुई तिहाई वहुमतवाट राजधानीको केन्द्र तय भएको छ
राजधानी दाङ जिल्लाकोको देउखुरी उपत्यका क्षेत्रको पक्षमा ६९मत र बिपक्षमा १३ मत परेको सभामुख पूर्ण बहादुर घर्तीले बताउनु भयो ।

यो सङगै प्रदेशको स्थायी राजधानी दाङको देउखुरी उपत्यका क्षेत्र कायम भएको छ । प्रदेश सभामा मंगलबार भएको राजधानीको प्रस्तावको मतदानमा ८२ जना सांसदले सहभागिता जनाउनु भएको थियो ।

त्यस्तै गरि प्रदेशको नामाकरण लुम्बिनी राख्ने पक्षमा ७९ जनाले र ४ जनाले विपक्षमा मतदान गरेका छन । प्रदेश सभामा कुल ८७ जना सभासद रहेकोमा सुरेन्द्र बहादुर हमाल उपस्थित हुन भएन भने जसपाका कल्पना पाण्डे र सन्तोष पाण्डेले नामाकरण र राजधानी कुनैमा पनि मतदानमा सहभागिता जनाउनु भएको छैन । त्यस्तै राष्ट्रिय जनमोर्चाकी ताराजिसीले राजधानीमा मतदान गर्नु भएन भने नामाकरणको पक्षमा मतदान गर्नु भएको थियो ।

त्यस्तै सभामुखले मतदान गर्न आवश्यक नपरेको प्रदेश सभा सोत्तले जनाएको छ । नामाकरण र राजधानीको सवालमा सहमतीवाट समाधान गर्न नसकेपछि मतदान प्रकृयावाट टुगोमा पुराईएको हो ।नेपाली काँग्रेस रुपन्देहीले सडक देखि सदनसम्मवाट र रुपन्देहीमा क्रियाशिल ३५ वटा व्यवसायीक संघसंस्थाले सडक देखि विरोध गर्दा गदै पनि प्रदेश सभाले प्रदेशको राजधानी र नामाकरण स्पष्ट दुई तिहाई बहुमतवाट पारित गरेको छ ।

प्रदेश सभामा संम्बिधानको धारा २८८को उपधारा २ वमोजिम प्रदेशका कानुनमन्त्री कूल प्रसाद केसीले प्रदेश सभामा प्रदेशको स्थायी राजधानी र संविधानको धारा २९५ को उपधारा २ वमोजिम प्रदेशको नामाकरणको यही असोज १६ गते शुक्रवार प्रस्ताव सभामा पेस गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्