८७० ट्याब्लेट नाइट्रोभेटसहित २ पक्राउ



न्युज अफ नेपाल, हेटौंडा ।

मकवानपुरको भीमफेदी गापा–२ स्थित त्रिभुवन राजपथ सडकखण्डमा प्रहरीले लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ ।

प्रहरी चौकी भैंसेबाट प्रनानि कुलबहादुर श्रेष्ठको कमाण्डमा खटिएको चेकिङ टोलीले हेटौंडाबाट काठमाडौं जा“दै गरेको बा. ९६ प ३२८५ नम्बर मोटरसाइक चेक गर्दा मंगलबार विहान करिब ८ः५० बजे नाइट्रोभेट बरामद गरेको हो ।

मोटरसाइकल चालक प्युठानको मल्लरानी गापा वडा–३ घर भएर काठमाडौं बालाजु, शान्तिटोल बस्दै आएका वर्ष १८ को सतिश दमालमगर र मोटरसाइकल पछाडि बसेका कालीकोट घोचायबाडा गापा वडा–३ घर भएर काठमाडौं–३ बस्दै आएका वर्ष १८ को वज्र रोकायालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुले पछाडि भिरेको झोला चेक गर्दा नाइट्रोभेट ८७० ट्याब्लेट फेला परेकोले उनीहरुलाई लागुऔषध र मोटरसाइकलसहित पक्राउ गरी अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्