श्रमजिवि पत्रकारको समस्या सुन्दै कांग्रेसको ट्रेड युनियन विभाग



न्युज अफ नेपाल, काठमाडौं ।

कोरोना महामारीका कारण दैनिक श्रम गरि खाने वर्ग सबैभन्दा बढी प्रभावित भएको भन्दैे लागी नेपाली काग्रेस श्रमिक तथा ट्रेड युनियन विभागले यसको समाधानका तत्कालिन, अल्पकालीन र दिर्घकालीन नीति बनाउनु पर्नेमा जोड दिएको छ ।

तत्कालिन, अल्पकालीन र दिर्घकालीन नीति निर्माणको लागि श्रमिक तथा ट्रेड युनियन विभागले प्रभावितहरु संग दैनिक अन्र्तक्रिया तथा छलफल गरिरहेको छ । यसै क्रममा मंगलबार क्रियाशिल पत्रकारहरु संग छलफल गरि विभागले कोरनाका कारण श्रमजिवी पत्रकारहरुमा परेको असर र समाधानको उपायका बारेमा छलफल गरेको छ ।

‘कोरोना माहामारीमा पनि वर्तमान सरकार निर्लज्ज ढंगले भ्रष्टाचारमा लिप्त रहेको र यो माहामारीलाई सरकारमा सामेल दलका नेता तथा कार्यकर्ताहरु आर्थिक उपार्जन गर्ने अवसरको रुपमा लिएको छ’, प्रमुख प्रतिपक्ष दल काग्रेसको श्रमिक तथा ट्रेड युनियन विभागका प्रमुख शीव प्रसाद हुमागाईले भने– सरकार सर्वसत्तावाद लाद्ने अभ्यास गरिरहेको छ र यसको पहिलो भिक्टिम पत्रकारहरु हुदैछन् ।

कोरोना महामारीका कारण पत्रकार मात्र हैन मुलुकभर रहेको करिब ११ लाख अनौपचारीक श्रमीक विस्थापित भएको सन्दर्भमा विभाग प्रमुख हुमागाईले अब काग्रेसको भुमिका के हुने भन्ने बारेमा तत्कालिन, अल्पकालिन र दिर्घकालिन योजना ल्याउन जरुरी भएको पनि औल्याएका थिए ।

पत्रकारहरु विस्थापित हुनु तथा उनिहरुको को सेवा सुविधि कटौती हुनु भनेको राज्यको सिष्टम नै कमजोर हुनु हो भन्दै श्रमिक तथा ट्रेड युनियन विभाग प्रमुख हुमागाईले भने राज्यको सिष्टम कमजोर हुनुभनेको निरंकुशता बढ्दै गएको औल्याउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्