विश्व आवादीको प्रत्येक १० मा १ जना कोराना संक्रमित हुनेः डब्ल्यूएचओ



जेनेभा (एजेन्सी)
विश्व स्वास्थ्य संगठनले विश्वभरी प्रत्यक १० मध्य एक ब्यक्ती कोरोना भाइरसबाट संक्रमित हुन सक्ने खुलासा गरेको छ । कोरोना भाइरसलाई लिएर सोमबार भएको डब्ल्युएचओको ३४ सदस्यिय कार्यकारी वोर्डको बैठकमा डाक्टर माइकल रेयानले सहरी तथा ग्रामिण इलाकामा संक्रमित संख्यामा परिवर्तन हुन सक्ने बताए । यसको अर्थ विश्वमा ठुलो आवादी खतरामा रहेको उनले स्पष्ट पारे ।
विशेषज्ञहरुले पनि कोरोना भाइरस संक्रमित जति संख्या बताइरहेको छ , वास्तवमा त्यो भन्दा धेरै बढी यसको संक्रमणको सिकार भइरहेको यसअघि नै भनेका थिए । कोरोना प्रभावित कयौं देशमा आधारभुत स्वास्थ्य सेवाको अभाव यसको प्रमुख कारण हो । यसले गर्दा न त समयमै कोरोना भाइरसको परीक्षण हुन सकेको छ न त विरामीहरु कै उपचार भइरहेको छ ।
कोरोना विरुद्ध प्राकृतिक रुपमा मानवमा प्रतिरोधात्मक क्षमताको विकास हर्ड इम्युनिटीको अवस्था पनि सम्भव देखिएको छैन् । यसअघि डब्ल्युएचओका आपतकालिन मामिला प्रमुख डाक्टर माइकल रेयानले विश्वमा कुनै पनि ठाउँमा हर्ड इम्युनिटीको स्थिति नभएको बताएका थिए । भाइरस प्रसार रोक्ने आवस्यक मानिएको उक्त अवस्थाका लागि विश्व आवादीका हिसाव अहिलेसम्म कतैबाट पनि त्यसको नजिक नभएको उनले बताए ।
डब्ल्युएचओ महानिर्देशकका वरिष्ठ सल्लाहकार डा ब्रुस एलवार्डले कुनै पनि कोरोना भाइरस खोपको ब्यापक भ्याक्सिनेसनको उद्देस्य विश्वको ५० प्रतिशत भन्दा बढी आवादीलाई यसको दायरा ल्याउनु रहेको बताए । यसका लागि विश्व स्वास्थ्य संगठन एक बृहत योजनामा पनि काम गरिरहेको उनले थपे । जसले खोपसम्मको पहँुच विश्वका सबै देशका लागि सुनिश्चित हुने छ ।

प्रतिक्रिया दिनुहोस्