आगलागीबारे चेतना जगाउन गीतसँगै भिडियो



नेपालमा पहिलोपटक आगलागीसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले तयार पारिएको आगो गीतको म्युजिक भिडियो बनेको छ। काठमाडौ दमकलका पूर्वप्रमुख किशोरकुमार भट्टराईको शब्द, चन्दन श्रेष्ठको संगीत र यमन श्रेष्ठको स्वर तथा किरण कडेलको संगीत संयोजन रहेको गीतको म्युजिक भिडियोमा ख्यातिप्राप्त हास्य जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, सुशील पोखरेल, यमन श्रेष्ठ र अन्तर्राष्ट्रिय फायर फाइटिङ तालिम प्राप्त फायर फाइटर किशोरकुमार भट्टराईका साथ अन्य कलाकारले पनि अभिनय गरेका छन्।
गीतको म्युजिक भिडियो सार्वजनिक गर्दै ख्यातिप्राप्त हास्य अभिनेता मदनकृष्ण श्रेष्ठले गीतमा जनचेतनामूलक विषयवस्तु समावेश गरिएको जनाए। ‘हामीले धेरै जनचेतामूलक गीत–संगीत र अन्य कार्यक्रम प्रस्तुत गरे पनि आगोको विषयमा काम गर्न सकेका थिएनौं। आगोलाई मित्र मात्र ठान्ने गरेका थियौं, शत्रुका रूपमा कहिल्यै पनि नदेखेका कारणले होला त्यससँग सम्बन्धित कुनै पनि कार्यक्रम बनाएनांै। शब्दको संरचना र विषयवस्तु राम्रो भएकाले मैले पनि अभिनय गरेको छु’, मदनकृष्णले भने– ‘म मात्रै होइन हरिलाई पनि बोलाएर सँगै अभिनय गरेका छौं।’ आफूले यही गीतको सुटिङको दौरानमा फायर मोटरसाइकल हुँदोरहेछ भनेर जानकारी पाएको प्रसंग उल्लेख गर्दै श्रेष्ठले भने– ‘ठूलो गाडीले भन्दा पनि बाइकले आगलागी नियन्त्रण गर्न मद्दत पुग्ने विषय गीतमा समेटिएको छ।
वसन्त सापकोटाको निर्देशनमा बनेको भिडियो आगो कसरी लाग्छ र कसरी यसबाट बच्न सकिन्छ, फायर फाइटरको काम कतव्र्य र तालिम कस्तो हुनुपर्दछ भन्नेबारे सर्बसाधारणलाई जानकारी गराउने उद्देश्यले तयार पारेको निर्माता किशोरकुमार भट्टराईले बताए। भट्टराईले यसअघि फायर एक्साटिङगुइसरको प्रयोग विधि तथा ग्यासको घरेलु आगो नियन्त्रण गर्ने सात विधिसहितको भिडियो निर्माण गरिसकेका छन्। उनी काठमाडौं दमकलको प्रमुख हुँदा नेपालमा पहिलोपटक १० थान फायर बाइकको निर्माण गरेका थिए। फायरबाइक हाल काठमाडौं ललितपुर र भक्तपुरमा सफलरूपमा सञ्चालनमा छ। ‘आगलागी मानव सिर्जित विपद हो। त्यसैले आगलागी भएपछि प्रतिकार्य गर्नुभन्दा जनचेतनाको अभिवृिद्ध गरी आगो लाग्नै नदिनु बुद्धिमानी हुन्छ भन्ने बुझाउन यो भिडियो तया पारिएको हो।’ भट्टराईले कार्यक्रममा भने।

प्रतिक्रिया दिनुहोस्