अमेरिकी र बेलायती वैज्ञानिक नोबेल पुरस्कारबाट विभूषित



स्टकहोम, (एजेन्सी)
यस वर्षको पहिलो नोबेल पुरस्कारको घोषणा भएको छ । चिकित्सातर्फको नोबेल पुरस्कार संयुक्तरूपमा तीन वैज्ञानिक हार्वे जे आल्टर, माइकल ह्युटन र चाल्र्स एम राइसलाई प्रदान गरिएको नोबेल पुरस्कार समितिले जनाएको हो ।
ती तीनै जना वैज्ञानिकले हेपाटाइटिस सी भाइरस पत्ता लगाएका थिए । नोबेल पुरस्कारबाट सम्मानित हार्वे जे अल्टर र चाल्र्स एम राइस अमेरिकी हुन् भने माइकल हगटन बेलायती वैज्ञानिक हुन् । स्टकहोममा विजेताहरुको नाम नोबेल कमिटीका अध्यक्ष थोमस पेरिमनले घोषणा गरेका थिए ।
विश्व स्वास्थ्य संगठनको अनुमानमा विश्वभरि ७ करोड हेपाटाइटिस रोगी रहेको र हरेक वर्ष ४ लाख यस रोगका कारण मृत्यु हुने गरेको छ । यो रोग क्रोनिक हुनुले लिभर समस्या तथा क्यान्सरको कारक बन्ने गरेको छ ।
चिकित्सातर्फको नोबेल विजेताको चयन स्विडेनस्थित क्यारोलिन्स्का इन्स्टिच्युटको ५ सदश्यीय कमिटीले गर्छ । पुरस्काररूपमा १० लाख स्विडिस क्रोनर धनराशी विजेतालाई प्रदान गरिन्छ । एकभन्दा बढी विजेता रहँदाको हकमा उक्त रकम सबैलाई बराबर भागबन्डा गरिन्छ ।
नोबेल पुरस्कारको स्थापना डायनामाइटका आविष्कारक महान् वैज्ञानिक अल्फ्रेड नोबेलले गरेको थियो । उनको पुण्यतिथि डिसेम्बर १० मा आयोजना हुने समारोहमा यो पुरस्कार प्रदान गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्