प्रदेशसभा तोडफोडमा संलग्न तीन सांसदलाई कांग्रेसले कारवाही गर्ने



न्युज अफ नेपाल, काठमाडौं ।

प्रदेश ५ को प्रदेशसभामा तोडफोड गर्ने कांग्रेसका तीन जना सांसदलाई कारवाही गरिने भएको छ ।

कांग्रेसको सिद्धान्त र मान्यताविपरीत कार्य भएको भन्दै कांग्रेसको अनुशासन विभागले सांसद बसिरुद्दिन खाँ, बैजनाथ कलवार र अष्टभुजा पाठकलाई कारवाही गर्ने भएको हो । तीनै जनामाथि विधानको प्रक्रिया पुर्‍याएर कारवाही हुने कांग्रेसले जनाएको छ । प्रदेश ५ को राजधानी भालुवाङ प्रस्ताव गरेसँगै कांग्रेस प्रदर्शनमा उत्रीएको छ ।

यस्तै, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमा ट्विट गर्दै प्रदेशसभा तोडफोडमा संलग्नलाई नेपाली कांग्रेसले ढाकछोप नगर्ने बताएका छन् । शर्माले ट्विटमा भनेका छन्, ‘अरुका गल्तीमा सच्याउँदै बढ्न प्रेरित गर्ने कांग्रेस आफ्नाको छिटपुटझ भनेर छोप्दैन, कठोरतापूर्वक सच्याएर बढ्ने सामर्थ्य राख्नेछौं ।’

प्रतिक्रिया दिनुहोस्