भारतमा कागजमा आधारित सस्तो कोरोना परीक्षण किट



नयाँदिल्ली, (एजेन्सी) ।

भारतका बैज्ञानिकहरुको एक टोलिले कागजमा आधारित सस्तो परिक्षण विधिबाट कोरोना भाइरस परिक्षण संक्रणम पत्ता लगाउने नयाँ प्रविधिको विकास गरेको छ । यस विधिबाट गर्भाधारण जस्तै छिटो परिक्षण परिणाम प्राप्त हुने पनि बताइएको छ ।

यो परिक्षणलाई एकजना प्रसिद्ध काल्पनिक साहित्य गुप्तचर पात्रको नाम दिइएको छ । यो क्रिस्पर नामक अनुवंश अर्थात जिन सम्पालन गर्ने प्रविधिमा आधारित रहेकोे छ । बैज्ञानिकहरुका अनुसार फुलुडा नामक यो किटबाट एक घन्टा भित्रै परिक्षण परिणाम प्राप्त गर्न सकिन्छ । यसका लागि केवल ५ सय भारु खर्च लाग्ने बताइएको छ । फेलुडाको निर्माण कार्य भारतको चर्चित व्यापारिक कम्पनी टाटाले गर्ने भएको छ ।

विशव बजारमै यो पहिलो कागजमा आधारित कोभिड १९ परिक्षण किट हुनेछ । भारत सरकारका लागि प्रमुख बैज्ञानिक सल्लाहकार पध्यापक के विजय साघवनले उसबाट गरिने परिक्षण दुरुस्त , भरपर्दो, तुलनायोग्य तथा सस्तो परिक्षण हुने वीवीसीलाई जानकारी गराएका छन् ।

फेलुडालाई विकास गरिएको राजधानी दिल्ली स्थित सिएसआइ आर इन्स्टिच्युट अफ जेनोमिक्स एन्ड इन्टिग्रेटिभ बायोलोजी (आइजिआइबि) का अनुसनधानकर्ताहरुले यस विधि मार्फत पहिल्यै कोरोना भाइरस संक्रमण पुष्टि भइसकेका एकजना व्यक्तिका लगायत २ हजार मानिसको स्वाब नमुना परिक्ष्ण गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्