टिकटकमा प्रख्यात एक महिलालाई पूर्व पतिले जिउँदै जलाए



बेइजिंग, (एजेन्सी) ।

स्ट्रिममा लाइभ हुने प्रयास गरिरहेकी एकजना चिनिया महिलालाई उनका पुर्व पतिले पेट्रोल छर्केर जिउँद जलाइ दिएको स्थानिय संचार माध्यमले जनाएका छन् ।

लामु चिनिया संस्करणको टिकटक दोउयिनमा निकै लोकप्रिय थिइन् । त्यसमा उनका लाखौं संख्यामा फलाअर थिए । शरिरको नब्बे प्रतिशत भाग जलेकी लामुको आक्रमणको दुई साता पटि उपचारकै क्रममा मृत्यु भएको हो । यस घटनाका कारणुामाजिक संजालमा चीनमा महिला विरुद्ध हुने हिंसाबारे बहश चर्किन थालेको छ ।

चीनको सिचुआन प्रान्त निवासी लामु आफ्नो ग्रामीण जीवनका सुखद पक्षहरको पोस्टिंगका लागि प्रख्यात थिइन् । बिना श्रंगार भिडियोमा देखिने कारणले पनि उनी निकै चर्चामा थिइन् । सरकारी संचार माध्यम बेइजिंग युथ डेलीका अनुसार गत १४ सेप्टेम्वरमा उनले लाइ स्ट्रिमिंग गरको केहि समयपछि नै उनको स्क्रिन कालो भक्एो थियो । तांग नामक उनका पुर्व पति पेट्रोल र छुरा सहित उनको घरमा जवर्जस्ती छिरेका थिए ।

जिन्छुआन काउन्टी जन सुरक्षा ब्युरोका अनुसार शुरुमा स्थनिय एउटा अस्पतालयमा लगिएका लामुलाई थप उपचारका लागि सिचुआन प्रान्तिय जन अस्पतालमा सारिएको थियो । उनको परिवारको आर्थिक सहयोगको आब्हान लगत्तै उपचारका लागि चौबिस घन्टा भित्र दस लाख युआन भन्दा बढि रकम संकलन भएको थियो

प्रतिक्रिया दिनुहोस्