पेरिसका सम्पूर्ण बार बन्द हुने



पेरिस,(एजेन्सी) ।

फ्रान्समा कोरोना भाइरस संक्रमणको दर अत्यन्तै तिव्र गतिमा बढ्न थालेकाले राजधानी पेरिसका समपूर्ण बार मंगलवार देखि पूर्ण रुपमा बन्द गर्न सरकारले आदेश दिएके छ ।

सोमवार नै सार्वजनिक हुने अन्य सम्पूर्ण वन्देजहरु आगामी दुई साता सम्म कार्यान्वयन हुने फन्सको प्रधानमन्त्री जिन कास्टेक्सको कार्यालयले जनाएको छ । आइतवार कोभिड १९ को नयाँ संक्रमण संख्या १२ हजार ५ सय ६५ पुगेको थियो ।

गत साता मात्र फ्रान्सको अर्को शहर मार्सिल्लेका बारहरु बन्द गरिएको थियो । फन्समा १ लाखमा २ सय ५० भन्दा बढि संक्रमित देखिन थालेपछि र सघन उपचार कक्षका शैया कमितमा ३० प्रतिशत भरिएपछि विशेष सतर्कता अपनाउन शुरु गरिएको हो ।

त्यसैगरी पेरिसका रेक्ष्टुरेन्टहरु खोलने हो भने नयाँ सरसफाईको व्यवस्था गरिनुपर्ने तथा विश्वविद्यालयका कक्ष कोठाहरुमा आधा संख्यामा मात्र बिद्यार्थी राखिनुपर्ने निर्देशन पनि सरकारले दिएको छ ।

तर खानाा सहित रक्सी पनि सर्भ गरिने रेस्टुरेनटहरु बेलुकी दस बजे समम खुल्ला राखिने भएको छ । आन्तरिक मामिला मन्त्री जेराल्ड दार्मिाननले बारहरु बन्द गरिएपछि पेरिसवासीहरुलाई परेको मर्कालाइ लिएर फ्ेन्च टेलिभिजन च्यानल एलसीआइ र युरोप १ लाई भनेका छन् , ‘ हामी फ्रेन्च हौं , हामी खान , पिउन मज्जलाले जिउन , मुस्कुराउन र एक अर्कालाई चुम्न मनपाराउँछौं । ’

प्रतिक्रिया दिनुहोस्