स्वाथ्यकर्मीको लापरवाहीले लुम्बिनी प्रादेशिक अस्पतालमा बिरामीको मृत्यु , छानविन समिति गठन



यमलाल भुसाल, बुटवल ।

कोरोना भाईरस भएको आसंकामा बिरामीले उपचार नपाउँदा लुम्बिनी प्रादेशिक अस्पतालमा एक जनाको ज्यान गएको छ । अर्घाखाँचीको सन्दिखर्क नगरपालिका वडा नं. ११ डिभर्नाका ६२ वर्षीय हरि खनालको उपचार अभावमा सोमबार बिहान ५ बजे ज्यान गएको हो ।
कोरोना आसंका गरिएपनि मृत्युपछि आएको पीसिआर रिपोर्ट भने कोरोना नेगेटिभ आएको छ ।

उहाँलाई ज्वरो आउनुको साथै छातीमा समस्या भएपछि शनिबार दिउँसो ३ बजे लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएको थियो ।
कोरोना आसंका गरिएको बिरामीको तत्कालै स्वाब संकलन गर्ने तथा परिक्षण गर्ने काम पनि हुन नसकेको छोरा नविन खनालले बताउनु भयो । उपचारका क्रममा अन्य परिक्षण सबै नर्मल नै आएको र हल्का किड्नीमा समस्या देखिएको उहाँले बताउनु भयो ।

कोरोना आसंका गरिएको बिरामीको आईतबारमात्रै अस्पतालले स्वाब संकलन गर्यो । ‘जटिल समस्या भएका बिरामीको तत्कालै स्वाब संकलन गर्ने र आधा एक घण्टा भित्रै पीसिआर रिपोर्ट आउँछ भन्ने सुनेको थिए ।’ उहाँले भन्नुभयो–‘तर यहाँ त स्वाब संकलन पनि अर्को दिन मात्रै भयो र त्यसको रिपोर्ट विरामीको मृत्यु पछि मात्रै आयो ।’

मृतक खनालका आफन्तले बिरामीलाई समस्या भयो भन्दा पनि उपचारमा संलग्न स्वास्थ्यकर्मीले हेलचेक्याई गरेको आरोप लगाएका छन् । बिरामीलाई समस्या भयो भनेर स्वास्थ्यकर्मीलाई बोलाउँदा आधाघण्टापछि मृत्यु भईसकेपछि मात्रै आएकोकुरुवा बसेकी छोरी सीता पोेखरेलले बताउनु भयो । बुवा मरिसकेपछि पनिस्वास्थ्यकर्मीले मृत्य शरिरमा सुई लगाएको सीताले बताउनु भयो । पीडित परिवारवाट बुवाको उपचारमा लाप्रवाहीका कारण मारिएको भन्दै आन्दोलित भएपछि बसेकोअस्पताल प्रशासनको बैठकले ५ सदस्यीय छानविन समिति गठन गरेको अस्पतालका निमित्त सुपरिटेण्ट नेत्र बहादुर रानाले बताउनु भयो ।

उपचारको क्रममा भएको लाप्रवाहीको वारेमा छानविन गरि समितिको प्रतिवेदनका आधारमा उपचारमा संग्लनलाई कारवाही समेत गर्ने निर्णय भएको छ । छानविन समितिको संयोजकमा डा. प्रदिप कुमार श्रीवास्तव,र सदस्यमा गोविन्द खनाल , यमलाल भुसाल ,सृष्टि कोईराला,र मित्रहरि आर्चाय रहनु भएको छ । समितिलाई १ सातामा प्रतिवेदन बुझाउने गरि म्याद दिईएको छ ।

प्रतिक्रिया दिनुहोस्