प्रदेश राजधानी सार्ने प्रस्तावविरुद्ध पाल्पामा विरोध प्रदर्शन



न्युज अफ नेपाल, पाल्पा ।

यस अघि छिमेकी जिल्ला रुपन्देहीको वुटवलमा अस्थायी राजधानी तोकिएकोमा एकाएक प्रदेश सरकारले प्रदेशको स्थायी राजधानी अयन्त्र लैजान खोजेको भन्दै पाल्पामा विरोध गरिएको छ । प्रदेश सरकारले देउखुरीलाई स्थायी राजधानी वनाउने बनाउने प्रस्ताव प्रदेश सभामा लगेपछि पाल्पामा नेपाली काँग्रेस पाल्पाले सोमबार जिल्ला सदरमुकाम तानसेनमा विरोध प्रदर्शन भएको हो ।

नेपाली काग्रेसको जिल्ला पार्टी कार्यालय सिल्खानबाट सुरु भएको विरोध र्‍याली आन्दोलन चोक,भिमसेन टोल,नारायण स्थान हुँदै जिल्ला प्रशासन कार्यालय अगाडि पुगी कोण सभामा परिणत भएको थियो । कोण सभामा नेपाली काँग्रेसका जिल्ला उपसभापति देवराज ढकालले लोकतान्त्रिक मूल्य र मान्यता विपरीत प्रतिपक्षदलसँग छलफल नै नगरी जनभावना विपरी प्रस्ताव ल्याउनु गलत भएको बताउउनु भयो ।

उहाले विगतको सरकारले टुङ्गो लगाई सकेको राजधानीका विषयमा प्रदेशका जनतालाई द्वन्द्वमा फसाउने यो प्रदेश सरकारको निर्णय निन्दनीय रहेको उल्लेख गर्दे ‘सरकार जनतालाई रूपन्देहीमा राजधानी राख्ने भन्ने झुटो आश्वासन दिएर अहिले प्रदेशको राजधानी दाङ लौजाने प्रस्ताव आएकाले त्यसलाई तत्कालै फिर्ता लिनुपर्दछ , भन्नु भयो । उहाले यदी यसो नभएमा न्यथा थप आन्दोलनका कार्यक्रमहरू गरिने वताउनु भयो ’

नेपाली काग्रेस जिल्ला कार्य समितीका सचिव झपेन्द्र गैरेले नेकपाका केही नेताहरुले मन्त्री खाने नाममा प्रदेश राजधानी सार्ने चलखेल गरेको बताउदै हिजो नेकपाका नेताहरुले जनतासँग भोट माग्दा प्रदेश राजधानी बुटवल बनाउने आश्वासन दिएको र अहिले आएर एकाएक जनभावना विपरीत राजधानी सार्ने विषय प्रस्ताव ल्याउनु गलत भएको उल्लेख गर्नुभयो ।

सचिव गैरेले जुनसुकै हालतमा प्रदेश राजधानी सार्ने विषय उचित नभएको भन्दै त्यसको विरोधमा आमनागरिक उठ्नुपर्नेमा जोड दिनुभयो । प्रदर्शन कार्यक्रममा नेपाली काँग्रेसका नेता, भातृसंस्थाका प्रमुख तथा प्रतिनिधहरुको सहभागिता रहेको थियो । राजधानीकै विषयलाई लिएर पूर्वी पाल्पाको रामपुरमा पनि काँग्रेसले विरोध प्रदर्शन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्