बैंक कर्मचारी भन्दै ठगी गर्ने एक पक्राउ



दयाराम पण्डित, बाजुरा ।

राष्ट्रिय बाणिज्य बैकको कर्मचारी हुँ भन्दै ठगी गर्दै हिड्ने एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा बझाङ् जिल्ला साबिकको पाटादेवल गाबिस वडा न ४ का देवराज थापा रहेका छन् । जिल्लाका बिभिन्न ठाउँमा ठगी गर्दे हिड्ने थापालाई प्रहरीले सार्वजनिक गरेको हो ।

थापाले बाजुराका केही स्थानीयहरुलाई बिना धितो ऋण उपलब्ध गराईदिन्छु भन्दै ठगी गरेको सुचना प्राप्त भएको थियो । केही दिन अगाडी त्यो खवर पाइसकेपछी जिल्ला प्रहरी कार्यालय बाजुराको पहलमा बझाङबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक मदनजित महराले बताएका छन । उनलाइ आईतवार दिउसो बझाङबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बाजुरामा ल्याएको र थप अनुसन्धन भइरहेको डिएसपी महराले जानकारी दिनुुभयो ।

थापाले बुढिनन्दा नगरपालिका पाण्डुसैनकी एक महिलाको ३० हजार रुपैया ठगेको बताइएको छ । त्यसै गरी सदरमुकाम मार्तडीको बानियाँ होटलमा केही दिन बसेको थिए । राष्ट्रिय बाणिज्य बैँकको कर्मचारी भन्दै भिआइपी कोठामा बसेका थिए । कोठाभाडा खानावापतको ५६ हजाररुपैंया पनि नतिरेको । बझाङ् छान्ना घर भएका ब्यापारी जगत रावत लगायतका सर्वसाधरणलाई ठगेका प्रमाण फेला परेका छन् डिएसपी महराले भन्नुुभयो ।

त्यस्तै धेरै मान्छेलाइ ठगेको हुन सक्ने आसङ्का गरिएको जिल्ला प्रहरी प्रमुख महाराले बताएका छन ।प्रहरी नायव उपरिक्षक महराले भन्नुुभयो बिषेश सुराकीका आधारमा बझाङबाट पक्राउ गरी ल्याएको र थप अनुसन्धन भइरहेको छ ।

“मुलुकी अपराध सहिंता ऐन २०७४को दफा २१ अनुसार ठगीको आरापमा पक्राउ परेका थापा दोषी सावित भएमा सोही ऐनको २४९को (३)को “ग ” अनसार सात वर्ष कैद र ७० हजार जरिवाना तिर्नुु पर्ने ब्यबस्था उल्लेख छ ” जिल्ला प्रहरीकार्यालय बाजुराका प्रहरी निरिक्षक एवं सुचना अधिकारी लोकेन्द्सिंह ठगाुन्नाले जानकारी दिनुुभएको छ ।

प्रतिक्रिया दिनुहोस्