सल्यानमा २८ दिने बालकको १२ घण्टापछि उद्दार, आमासहित दुई पक्राउ



सरुनानु चलाउने, सल्यान ।

सल्यानको जंगलमा बेवारिसे अवस्थामा बच्चा छोड्ने आमा सहितदुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार बिहान जिल्लाका शारदा नगरपालिका ३ घोरु लाटेको जंगलमा बेवारिसे अवस्थामा २८ दिने बच्चाको आमा सहितदुई जनालाई प्रहरीले नियन्त्रण लिएको हो । पक्राउ पर्नेमा शारदा नगरपालिका ३ की आमा ३५ वर्षीया शान्ति परियार र शारदा नगरपालिका २ पानि खोलाको अन्दाजी ३८ वर्षको दानबहादुर भण्डारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी लक्ष्मण वलीले जानकारी दिए ।

जंगलमा बच्चा फालेको १२ घण्टा पछि २८ दिने बालकको उद्दार गरिनुका साथै बच्चा जंगलमा छोड्ने दुई जनालाई पक्राउ गरिएको उनको भनाई छ ।

रोजगारीको शिलसिलामा भारतको उत्तराखण्डमा उनीहरु बिच अवैध यौन सम्पर्कबाट बच्चा जन्मिएको र घर पुग्दा बच्चा नलैजाने दुवैजनाको सल्लाह बमोजिम बाटोमै पर्ने जंगलमा छाडेको बयान दिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका पुरुष विवाहित भएको र महिलनाको सम्बन्ध विच्छेद भइ सकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्