१० केजी गाँजासहित तीन पक्राउ



न्युज अफ नेपाल, हेटौंडा ।

बेवारिस अबस्थामा रहेको २ सय २९ केजी गाँजा बरामद गरेको मकवानपुर प्रहरीले फेरि १० केजी गाँजा बरामद गरेको छ ।

सोमबार विहान करिब ५ः३० बजे प्रहरी चौकी लेवटबाट प्रसनि रुपक थापाको कमाण्डमा खटिएको चेकिङ टोलीले गाँजा बरामद गरेको थियो । हेटौंडा–३ स्थित पूर्वपश्चिम लोकमार्ग सडकखण्डमा प्रदेश–३–०३–००१ ज ००१२ नम्बर यात्रुबाहक म्याजिक चेक गर्दा म्याजिकका यात्रीलाई गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

हेटौंडा–१९ बस्ने वर्ष ४६ का वीरबहादुर घलान, मनहरी गापा–५ बस्ने वर्ष ४० की सृजना तामाङ र कैलाश गापा–१० बस्ने वर्ष २४ का प्रकाश तामाङले बोकेको झोलामा १० केजी २ सय ८८ ग्राम गाँजा फेला परेको थियो । उनीहरुलाई गाँजासहित पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्