जाजरकोटको एक विद्यालयमा आगजनी



बासुदेव शर्मा, जाजरकोट ।
जाजरकोटको एक विद्यालयमा आगजनी गरिएको छ । गत १४ गते राती छेडागाड नगरपालिका ६ सुवानाउली स्थित जनबिकास माध्यामिक विद्यालयमा तोडफोड गरिनुका साथै आगजनी गरिएको छ ।
निम्ना माध्यामिक तहको नेपाली विषयको राहत दरवन्दीमा रिक्त पदपुर्तिका लागी विद्यालयले विज्ञापन गरेको थियो । उक्त पदका लागी स्थानिय सात जना परिक्षार्थी समावेश भएका थिए । रिक्त पदपुर्तिका लागी स्थानिय सात जना मध्य तिर्थराज न्यौपाने सफल भएका थिए । नतिजा प्रकाशन गरेकै राती विद्यालयमा आगजनी भएको हो ।

विद्यालय आगजनी भएपछि महन्वपुर्ण कागजजात जलेर नष्ट भएको विद्यालय तोडफोड समेत गरेको प्रधानाध्यापक लाल बहादुर डाँगीले वताउनु भयो । विद्यालयमा कसले किन के का लागी आगजनी गरेको हो खुल्न सकेको छैन । उक्त पदको लागी छेडागाड नगरपालिकाको शिक्षा शाखाले परिक्षा लिएको थियो ।

विद्यालयमा आगजनी गरिनुले परिक्षामा असफल भएकाको संलग्नताको आशंका गरिएको छ । विद्यालय आगजनी लगाएत तोडफोडमा संलग्नलाई प्रहरीले पहिचान गर्न नसकेको प्रधानाध्यापक डाँगीले वताउनु भयो ।

विद्यालयमा अराजक गतिविधि गर्ने समुहलाई पहिचान गरि कानुनी कार्वाहिको दायरामा ल्याउनु पर्नेमा वडा अध्यक्ष राम बहादुर के सीले घटनालाई ढाकछोप गर्न लागेको स्थानियको भनाई छ । विद्यालय जस्तो पवित्र स्थलमा अराजक र अपराधिक गतिविधि गर्ने जो कोहिलाई पनि कडा भन्दा कडा कार्वाही गर्नु पर्ने वडा सदस्य जनक राज शर्माले वताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्