कोरोना संक्रमित ट्रम्प समर्थक भेट्न बाहिर निस्के



वासिंगटन (एजेन्सी) ।
कोरोना भाइरस उपचारको अत्यन्तै संवेदनशिल दौडमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्र्रम्प आइतबार वाल्टर रिड नेसनल मिलिटरी मेडिकल सेन्टर बाहिर जम्मा भएका समर्थकहरुलाई भेट्न अस्पतालबाट गएको बताइएको छ ।

नजिकै भेला भइ चिच्याइरहेका समर्थकलाई भेट्न उनी सुव गाडीमा गएका थिए । मास्क लगाइ गाडी पछाडी बसेका ट्रम्पले शिशा लगाइएको झ्यालबाट हात हल्लाई अभिवादन गरिरहेको देखिएको थियो । आफ्नो सक्ती प्रदर्शन राष्ट्रपति ट्रम्पको यस कार्यमाथि प्रश्न उठाइएको छ ।

यस घटनालाई आफनै कर्मचारीलाई जोखिममा पार्न चाहेको र अझै पनि उनले यस उच्च संक्रामक रोगको गम्भिरतालाई बुझ्न नसकेको रुपमा लिएकोछ ।

कोरोना संक्रमित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वास्थ्य स्थितिमा तिब्र सुधार आइरहेको उनको उपचारमा संलग्न डाक्टरहरुले एक विज्ञप्ती मार्फत जानकारी दिएको छ । शुक्रबार विहान देखि अहिलेसम्म ज्वरो आएको छैन । रगतमा अक्सिजनको मात्रा बढिरहेको छ ।

सोमबारसम्ममा उनी ह्वाइट हाउस फर्कन सक्ने चिकित्सकहरुले बताएको छ । हाल उनको उपचार अमेरिकी सेनाका वाल्टर मेडिकल सेन्टरमा भइरहेको छ ।

फोक्सो समस्यासँग लडिरहेका राष्ट्रपति ट्रम्पलाई विहिबार र शुक्रबार गरि दुईपटक सप्लिमेन्टरी अक्सिजन दिइएको डाक्टरहरुले बताए ।

यो बाहेक ट्रम्पलाई डेक्सामेथासोन औषधी दिइएको थियो । यो औषधी अक्सिजनको कमी लडिरहेका विरामीको उपचारमा प्रभावकारी मानिन्छ । अक्सिजनको कमीका कारण ट्रम्पलाई डेक्सामेथासोन दिइएको डाक्टर ब्रयान गेरीबाल्डीले जानकारी दिए ।

यसैबीच ह्वाइट हाउसले राष्ट्रपति ट्रम्पको स्वास्थ्य स्थिति खराब रहेको स्विकारेको छ । शुक्रबार ट्रम्पको स्वास्थ्य स्थिति बताइएको भन्दा धेरै नै खराब रहेको ह्वाइट हाउसका चिफ अफ स्टाफ मार्क मिडोजले जानकारी दिए ।

चर्को ज्वराे र रगतमा अक्सिजन कम हुनुका कारण डाक्टरहरुले ट्रम्पलाई अस्पतालमा भर्ना हुन सल्लाह दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्