गुरुकुलका बिद्यार्थीलाई आयुर्वेद सम्बन्धि तालिम



भूपराज बस्याल, स्याङ्जा । 

राम नदि धाम संस्कृत गुरुकुलमा मारुन एकेडेमीको आयोजनामा आयुर्वेद सम्बन्धि तालिम सम्पन्न भएको छ ।

जिल्लाका विभिन्न क्षेत्रमा आयुर्वेद सम्बन्धि कार्यक्रम गर्दै समय संगै आएको परिवर्तनले आयुर्वेदमा परेको प्रतिकूल असर बारे भावी पुस्ताले बुझ्नु पर्ने र त्यसलाई जगेर्ना गर्नु पर्नेमा जोड दिंदै आउनु भएका वालिङ् नगरपालिकाका आयुर्वेद शाखा प्रमुख हरी अर्यालले मानव जीवनमा आयुर्वेद को महत्व र आजको आवश्यकता बारे जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा संकटमा पार्दै गएको हाम्रो परम्परा धर्म संस्कृति तथा आयुर्वेदको महत्व बुझाइएको थियो । कार्यक्रममा घर वरपर पाइने जडीबुटीको पहिचान र उचित प्रयोग विधिको बारे समेत जानकारी गराइएको थियो ।

साथै एकेडेमीका प्रशिक्षक भरत बगाले योगीले गुरु कुलमा रहेका विद्यार्थी लाई उद्घोषण कला प्रशिक्षण गराउनु भएको थियो भने कार्यक्रममा बोल्दै योगीले यस्ता किसिमका तालिमहरुले बच्चाहरुको मानसिक वृद्धि मा टेवा पुग्ने भन्दै थप कार्यक्रमहरूको आवश्यकता रहेको जिकिर गर्नु भएको थियो ।

गुरुकुलमा रहेका बच्चाहरु लाई प्रोटीन को कमी नहोस् भन्ने हेतुले कन्य च्याउको उत्पादन विधि सिकाई बीउ समेत बाडिएको एकेडेमीका प्रमुख पवन अधिकारीले जानकारी गराउनु भयो । मारुन एकेडेमीले संचालन गरेका बिबिध बिधाका प्रशिक्षणले गुरुकुलका सम्पुर्ण विद्यार्थीहरुमा एउटा नयाँ उत्साह थपेको कुरा गुरुकुलका आवासिय गुरु दिपक गैह्रेले बताउनु भयो ।

गुरुकुलका विद्यार्थीहरुलाई वैदिक सस्कृंत आयुर्वेद कर्मकाण्ड लगायत गणित, अङ्ग्रेजी , कम्प्युटर प्रविधि, सङित ब्याक्तित्व बिकाश, योग ध्यान र बिबिद आधुनिक शिक्षामा समेत पठन पाठन गराइ विद्यार्थीलाई समय सापेक्ष र प्रतिस्पर्धी शिक्षा प्रदान गरिरहेको संस्थाका प्रमुख सल्लाहकार कौसिक महाराजले जानकारी दिनुभयो । गुरुकुलका प्राचार्य कृष्ण प्रसाद बस्यालले आफ्नो मन्तव्यसंगै कार्यक्रम समापन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्