सीतारामको जन्मदिन वृद्धाश्रमका आमाहरूका साथ



गायक सीताराम पोखरेलले वृद्धाश्रममा रहेका आमाहरुका साथ जन्मदिन मनाएका छन्।
नेपाल आयल निगमका पूर्वनिर्देशक तथा प्रवक्तासमेत रहेका गायक पोखरेलले धर्मपत्नी रमा पोखरेलका साथ आइतबार नैकापस्थित वृद्धावस्था व्यबस्थापन सामाजिक गुठी आमाघर पुगी त्यहाँ आश्रित १५ बृद्धाहरुलाई खाना खुवाएर जन्मदिन मनाएका हुन्।

गायक पोखरेलले विगत १७ वर्षदेखि कुनै पुण्य काम गरी जन्मदिन मनाउँदै आएका छन्। सो अवसरमा गायक पोखरेल त्यहाँका आमाहरुका लागि मास्क प्रदान गरेका थिए।

२०४४ मा सजाइदियौ जिन्दगी मेरो बोलको गीतबाट गायन यात्रा शुरु गरेका गायक पोखरेलले हालसम्म दुई सयभन्दा बढी गीत तथा ७ एल्बम सार्वजनिक गरिसकेका छन्। रंगमञ्च तथा देश–विदेशका कार्यक्रमलाई ध्यानमा राखेर केही डान्सिङ नम्बरसमेत बनाएका उनको म्युजिक भिडियोसहित नयाँ गीत केही दिनभित्रै बजारमा आउँदै छ।

प्रतिक्रिया दिनुहोस्