राष्ट्रपति ‘सी’ ले गरे ट्रम्प दम्पतीको स्वास्थ्यलाभको कामना



बेइजिङ, (एजेन्सी)

चिनियाँ राष्ट्रपति सी जिन पिङले आइतबार आफ्ना अमेरिकी समकक्षी डोनाल्ड ट्रम्प र उनकी पत्नी एवं अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पको यथाशीघ्र सुस्वास्थ्यको कामना गरेका छन् । कोरोना पोजिटिभ ट्रम्प दम्पतीको अमेरिकाको एक अस्पतलमा उपचार भइरहेको छ ।

वाल्टर रिड मेडिकल सेन्टरबाटै आइतबार राति ट्रम्पले आफूलाई श्वास फेर्न समस्या हुन थालेपछि कोभिड–१९ विरुद्ध प्रयोगात्मक एन्टिबडी उपचार थालिएको ट्विटरमार्फत जानकारी गराएका थिए । ‘म र मेरी पत्नी पेङ लिउयान तपाईं र तपाईकी पत्नीप्रति कोरोना भाइरस संक्रमित हुन पुग्नुभएकोमा शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।’ –। आइताबार चिनियाँ राष्ट्रपति सीले ट्रम्पलाई पठाएको सन्देशमा भनिएको छ ।

सीको कम्युनिस्ट पार्टीको मुखपत्र ग्लोबल टाइम्सका प्धान सम्पादक हु सिजिनले ट्रम्प र उनकी पत्नी मेलानियाले कोभिड–१९ लाई खेलाँची ठानेकाले अहिले त्यसको ठूलो मूल्य चुकाउनुपरेको अभिव्यक्ति दिएको केहि समयपछि सीको यो सन्देश सार्वजनिक भएको हो । शुरुदेखि नै ट्रम्पले चीनकै लापरबाहीका कारण विश्वमा कोरोना महामारी फैलिएको आरोप लगाई यसका लागि चीनले पूर्ण जिम्मेवारी लिनुपर्ने बताउँदै आएका थिए ।

दशकौंदेखि व्यापार, प्रविधि र सुरक्षालगायत बेइजिङको हङकङमाथिको निरन्तर निगरानी र नियन्त्रण एवं चीनको सिन्जयाङको उत्तरपश्चिमी क्षेत्रमा मुस्लिम समुदायमाथि हुने गरेको दमन आदि विषयमा अमेरिका र चीनबीच तनाव चल्दै आइरहेको छ ।

गत मार्चमा ट्रम्पले आफ्नो चीन तथा चिनियाँ राष्ट्रपति सीसँगको सम्बन्ध निकै समधुर रहेको बताएका थिए । राष्ट्र ट्रम्पको उपचारमा खटिएका चिकित्सकहरुले उनको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको तथा अहिले सर्वसाधारणको पहुँचमाा पुगिनसकेको तथा रिजेनेरोन कम्पनीले तयार पारेको पोलिक्लोनल एन्टिबडी ककटेललागतयका औषधि उनको उपचारमा प्रयोग भइरहेको जानकारी दिएका छन् ।

यसैबीच ट्रम्पले आफू ठीकठाकै रहेको तर चिकित्सकहरुले अझै पूर्णरूपमा रसुक्षित भइनसकेको बताएको जनाएका छन् । उनको स्वास्थ्यमा देखिएको सुधारप्रति चिकित्सकहरुले खुसी प्रकट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्