विराटनगर विमानस्थलको स्तरोन्नति गर्न सङ्घ, प्रदेश र स्थानीय सरकारबीच समझदारी



विराटनगर ।

विराटनगर विमानस्थलको स्तरोन्नति गर्न सङ्घ, प्रदेश र स्थानीय सरकारबीच समझदारी हुने भएको छ । सोसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्न प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिवलाई अधिकार दिने निर्णय गरिएको छ ।

आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले आजको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०७७/७८ का लागि प्रदेश लोकसेवा आयोग र प्रदेश योजना आयोगको अस्थायी दरबन्दी स्वीकृत गरेको र प्रदेश लोकसेवा आयोगलाई आव २०७६/७७ को वार्षिक प्रतिवेदन प्रदेशसभामा पेश गर्न स्वीकृति प्रदान गरेको जनाउनुभयो ।

बैठकले प्रदेश प्रशिक्षण केन्द्र सञ्चालन एवं व्यवस्थापन गर्न तयार गरिएको नियमावली २०७७ लाई स्वीकृति गरिनाका साथै सामाजिक विकास मन्त्रालयले झापा र ओखलुढुङ्गामा सञ्चालन गर्ने व्यावसायिक तथा सीप विकास तालीमका लागि अस्थायी दरबन्दी स्वीकृत गरेको जानकारी मन्त्री कार्कीले दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्