खोटाङमा ‘तपाईंको मास्क खै ?’ अभियान



रामधन राई, खोटाङ ।

 खोटाङको दिक्तेलबजारमा ‘तपाईको मास्क खैरु’ अभियानलाई निरन्तरता दिईएको छ । लकडाउन हटेपछि कोरोना संक्रमितको संख्या अझै वढिरहेको भन्दै मास्कको अनिवार्य प्रयोग गर्न र गराउन अभियानलाई निरन्तरता दिईएको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाल रेडक्रस सोसाइटी र खोटाङ उद्योग बाणिज्य संघले गत साउन २१ गतेदेखि संयुक्त रुपमा अभियान थालेको थियो । अभियानलाई प्रायः हरेक शनिबार सञ्चालन गर्दैआइएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङका सभापति कुमारसिं बस्नेतले बताउनुभयो ।

चेतनामुलक र्‍यालीमा निस्किएको टोलीले सचेतनामूलक व्रुसर तथा मास्क नलगाएका स्थानीयलाई मास्क वितरण गर्दै नियमित मास्क लगाउनका लागि आग्रह गर्दै आइएको सभापति वस्नेतको भनाई छ । यस्तै, मास्क वोकेका तर नलगाएका वा मास्क लगाए पनि च्यापुमा अड्याएका स्थानीयलाई समेत सही ठाउँमा मास्कको प्रयोग गर्न सल्लाह दिईने गरेको छ ।

जिल्लाका अन्य स्थानीय तहमा समेत अभियान सञ्चालन भइरहेको छ । जिल्लामा कोरोना संक्रमितको संख्या २६ पुगेको छ । त्यसमध्ये २१ जना संक्रमितले कोरोना जितिसकेका छन् । अन्य पाँच जना उपचारका क्रममा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्