सहिद भूमी पिस्कर पुग्ने सडक आयोजनाको काम सुरु



नानीराम नेपाल, सिन्धुपाल्चोक ।

सहिद भुमी ऐतिहासिक क्षेत्र पिस्कर पुग्ने पक्कि सडक निर्मणको कम शुभारम्भ गरिएको छ । बागमती प्रदेश सरकारको ५९ करोड लगानीमा बाह्रबिसेदेखि सुनकोसी- धुस्कुन हुँदै पिस्कर पुग्ने सडक आयोजनाको काम आइतबार बिधिवत रुपमा शुभारम्भ गरिएको हो ।

पूर्वमन्त्री एवम नेकपाका केन्दृय अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोरा र बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार बिकास मन्त्री रामेश्वर फुँयालले आयोजनाको होर्डिङ बोर्ड अनावरण सहित साबेलले सडकको माटो पन्छाएर बाह्रबिसे धुस्कुन पिस्कर सडकको काम शुभारम्भ भएको संकेत गर्नुभयो ।

सडक आयोजना शुभारम्भ समारोहमा बोल्दै पूर्व मन्त्री अमृतकुमार बोहोराले सहिद भूमी पिस्करमा पक्की सडक यसभेगमा जनताको ठूलो सपना रहिआएको बताउनुभयो । निरन्तरको प्रयत्न बाट सहिद भुमी पुग्ने सडक चौडा सहित कालोपत्रे हुन लागेको भन्दै प्रदेश सरकारलाई उहाँले धन्यवाद ब्यक्त गर्नुभयो ।’आज पिस्कर भेगका जनताको सपना सार्थक हुँदैछ, सडकको काम शुभारम्भ भएको छू’, बोहोराले भन्नुभयो, ‘सडक सहज भएपछी यसभेगका जनताको जीवनमा पक्कै परिवर्तन आउने छ ।’

३७ बर्ष अघिको पिस्कर हत्याकाण्ड स्मरण गर्दै उहाँले सहिद ईले थामी र बिरे थामीको बलिदानीले आज मूलुकमा राजनितिक, सामाजिक परिवर्तन भएको बताउनुभयो ।

सडक आयोजना शुभारम्भ समारोहमा बोल्दै बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार बिकास मन्त्री रामेश्वर फुँयालले समयमै काम सम्पन्न गर्न निर्माण कम्पनी र स्थानिय प्रशासनलाई निर्देशन दिनुभयो । ‘समय अगावै काम सम्पन्न गर्नुस, बागमती सरकारले तपाईंलाई उचित पुरस्कार र सम्मान गर्नेछू ‘ निर्माण कम्पनीलाई मन्त्री फुयाँलले भन्नुभयो ।

नेकपाका नेता सरल सहयात्री पौडेल, बाह्रबिसे नगरपालिकाका मेयर निमफून्जो शेर्पा, त्रीपुरासुन्दरी गाउँपालिका अध्यक्ष भुपेन्द्र श्रेष्ठले समयमै काम सक्न निर्माण कम्पनीलाई आग्रह गर्दै काममा ढिलासुस्ती नगर्न समेत सुझाउनुभयो । ‘क्वान्टीटी र क्वालिटिमा कुनै सम्झौता हुँदैन, समयमा काम सक्नुसू, मेयर शेर्पाले भन्नुभयो, ‘नगरपालिकाले जे पर्छ त्यो सहयोग गर्नेछ ।’

आयोजनाको निर्माण कम्पनी कान्छाराम कन्स्ट्रक्सनका प्रतिनिधि सुरेन बिक्रम योन्जनले निर्धारित समयमै काम सम्पन्न गर्ने बताउनुभयो । ‘समय सीमाभित्रनै काम सक्नेछौँ, गूणस्तरमा हामी प्रतिबद्ध छौ’  योन्जनले भन्नुभयो । यो सडक आयोजनामा बाह्रबिसेदेखी पिस्करसम्मको सडक ८ मिटर चौडा गर्दै ग्याबिन पर्खाल,टेवा पर्खाल र नाली सहित कालोपत्रेको काम हुनेछ ।

प्रतिक्रिया दिनुहोस्