आज देशभर थप २,२५३ जनामा कोरोना संक्रमण पुष्टि, १ हजार ३२९ जना डिस्चार्ज



न्युज अफ नेपाल, काठमाडौं ।

आज देशभर थप २२५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै संक्रमितको कूल संख्या ८६ हजार ८२३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन् । यस्तै, पछिल्लो २४ घण्टामा १ हजार ३२९ जना डिस्चार्ज भएका छन् ।

हाल देशभर २२ हजार २१९ जना सक्रिय संक्रमित छन् । आज मात्रै १२ हजार ७८४ जनाको पिसिआर परीक्षण गरिएको थियोे । जसमा २२५३ जनालाई संक्रमण देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्