धरौटी बापत बुझाएको चेक नसाटिदा नगरपालिकाको राजश्व रकम डुब्दै



सञ्जय कार्की, रौतहट ।

सम्झौता अनुरुप फतुवा बिजयपुर नगरपालिकामा खातामा रकम नभएको बैकको चेक धरौटी बापत राखेर सकार गरेका साह निर्माण सेबाले आठ महिना नदिजन्य पदार्थ निकासी गरेको खुलेको छ । नदीजन्य पदार्थ निकासीको लागि फतुवा बिजयपुर नगरपालिका संग सकार गरेको साह निर्माण सेबा मलङ्गवाले १ करोडको फर्जी चेक दिएको खुलेको छ ।

धरौटी बापत बुझाएको चेक नसाटिदा नगरपालिकाको राजश्व रकम डुब्ने खतरामा रहेको छ । आर्थीक बर्ष समाप्त भैसक्दा समेत रकम जम्मा नभएपछि नगरपालिकानै अन्यौलमा परेको छ । फतुवाबिजयपुर नगरपालिकाले आफनो अधिनमा रहेको लालबकैया नदीबाट गिट्टीजन्य पदार्थ बिक्रि बितरणको लागि एक करोड ११ लाख रुपैयाँमा साह निर्माण सेवा मलङ्गवा लाई जिम्मा दिएको थियो ।

उक्त निर्माण सेबाका प्रोपाईटर नागेन्द्र साहले नगरपालिकाको नाममा खातामा पैसा नभएको सनराईज बैकको १ करोड रुपैयाको चेक दिएर ठुलो परिमाणमा गिट्टीजन्य पदार्थ निकासी गरेको खुलेको छ । कार्तिक देखी जेष्ठ मसान्त सम्म साह निर्माण सेबाका प्रोपाईटर नागेन्द्र साहले लालबकैया नदिबाट नदीजन्य पदार्थ ढुवानी गरेको फतुवाबिजयपुर नगरपालिकाले जनाएको छ । नगरप्रमुख गोपाल राय यादबले निर्माण ब्यबसायीले खातामा पैसा नभएको चेक दिएपछि अनादार मुध्दा दर्ता गरिएकोबताउनु भयो । उधारोमानै गिट्टीजन्य पदार्थ निकासी भएको छ । फतुवा बिजयपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रमोद कुमार गुप्ताले अदालतमा मुध्दा चलेको बताउनु भयो ।

नगरपालिकासंग ठेक्का सम्झौताको फाईल समेत नरहेको उहाले बताउनु भयो । बाताबरणीय प्रभाब मुल्याकन समेत नगरी नगरपालिकाले हचुवाको भरमा ठेक्का लगाएर निर्माण ब्यबसायी लाई दश प्रतिशत छुट दिएर १ करोड रुपैयाको चेक गत आर्थीक बर्षको फागुण महिनामा लिएको पाइएको छ ।

नगरपालिकाले टेण्डर स्वीकृत गरेपनि पट्टा बिनानै साह निर्माण सेबाले भने टेण्डर सकार गर्ना साथ दैनिक दर्जनौँ ट्रयाक्टर र टिपरमा राखेर ढुंङ्गा, गिटी, मिक्सग्रेभल र बालुवा ढुवानी गरेको नगरपाकिाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्