शिवम् सिमेन्टको लोकप्रियताको आधार प्रविधि र इमान्दारी



न्युज अफ नेपाल, काठमाडौँ । 

समय सापेक्ष प्रविधि प्रयोग गर्दै जसले आम उपभोक्ताको सेवा गर्छ उसले लोकप्रियता हासिल गर्छ । कोरोना संक्रमणको समयमा अनलाइनबाट खरीद आदेश लिने र सुलभ मुल्यमा घर–घरमै सिमेन्ट पुर्‍याइदिने, रणनीति अपनाएर शिवम् सिमेन्टले ग्राहकको मन जितेको देखिन्छ ।

प्रायः उत्पादकहरु नारामा गुणस्तरीयताको कुरा गर्छन्, तर व्यवहार त्यसका ठीक विपरीत पनि देखिन्छ । तर, शिवम् सिमेन्टको नारा नै छ–क्वालिटीमा नो कम्प्रोमाइज । यस नारालाई कम्पनीले अत्यन्त इमान्दारीका साथ अवलम्वन गरेको छ । ग्राहकको सुविधा र चाहनालाई प्राथमिकता दिएको प्रमाण हालै सुरु गरिएको अनलाइन खरिद व्यवस्थापन पनि हो । शिवम् सिमेन्ट मोवाईल एपबाट पनि खरिद गर्न सकिने जुन अभ्यास थालिएको छ । यस प्रविधिको प्रयोगलाई आधुनिक प्रविधिप्रति आम नागरिकको बढ्दो चासोलाई यसको सम्मानका रुपमा लिनुपर्दछ । शिवम् सिमेन्ट्स लिमिटेडले कोभिड– १९ को विषम परिस्थितीमा ग्राहकहरु माझ सिमेन्ट खरिद गर्नका लागि सिमेन्ट जगतमै पहिलो पटक “शिवम् मोवाईल एप” सार्वजनिक गरेको छ ।

 

“यो सिमेन्ट जगतमा विल्कुलै नयाँ प्रयास थियो, त्यसैले सिमेन्ट खरिदमा मोवाईल एप ग्राहकहरुको रोजाईमा पर्ला या नपर्ला हामी पनि अध्ययन गरिरहेका थियौ, कोभिड १९ ले ल्याएको विषम् परिस्थितीका बावजुत पनि निर्माण कार्यमा निरन्तरता दिनु पर्छ भन्ने हाम्रो प्रयास“शिवम् मोवाईल एपले” छोटो समयमै ग्राहकहरुको मन जित्न सफलभयो । मोवाईल एपमार्फत आएका अर्डरलाई हामीले छिटो, छरितो र चाहेको समयमा नैनिर्माण स्थलमै डेलेभरी गरिदिन्छौ,” कम्पनीका सेल्स एण्ड मार्केटिङ विभागका भि.पि. केपि रिजालले बताउनु भयो । रिजालका अनुसार छोटो समयमै ग्राहकवर्गको मन जित्न सफलशिवम् मोवाईल एपसिमेन्ट खरिद गर्ने प्रयोग कर्तालाई मध्यनजर गर्दै छिटै नेपाली भर्सनमा समेत अपडेट गर्ने तयारीमाछ । कम्पनीकाअनुसार एक पटक अर्डर गरेका अधिकाशं ग्राहले आफ्नो आवश्यकताअनुसार पुन दोहोर्‍याई तेहेर्‍याई अर्डर गर्ने गरेका छन् । अर्डर पश्चिातग्राहकले भुत्तानीका लागि विभिन्न सजिलो इ–भुक्तानमा ध्यमद्वारा वानगदै भुक्तान गर्न सक्ने व्यवस्था समेत कम्पनीले मिलाएको छ ।

नेपालको प्रतिस्प्रधी सिमेन्ट बजारमा आफुलाई अब्बल सामितगर्दै शिवम्ले आफ्नो छुट्टै स्थान ओगट्न सफलभएको छ। ग्राहकहरुको पहिलो रोजाईमा रहेको शिवमले स्थापनाकाल देखिनै बजारमाआईपर्ने हरेक चुनौतीलाई पार गर्दैनिरन्तर अत्याधुनिक जर्मन प्रविधीयुक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर,शिवम् सिमेन्ट तथाशिवम् प्लस सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आहिरहेको छ ।

रिजाल भन्छन “बजारमा अग्रस्थानमा रहनु र रहिरहनु दुई फरक कुरा हो, सिमेन्ट बजारमा शिवम् मात्र एउटा एस्तो ब्राण्ड हो जुन स्थापनाकाल देखिहालसम्म आफ्नो बजार हिस्सामा अग्रस्थानमा कायम रहिरहन सफल छ, यो त्येसै सम्भवभएको होईन हामीले आजको दिनसम्म आउँदा गुणस्तरमा कहिल्यौ सम्झौता गरेनौ रयसको लागि निरन्तर उच्च गुणस्तरको सिमेन्ट उत्पादनगर्नु तथा उत्पादित गुणस्तरिय सिमेन्टलाई निरन्तरबजार तथा ग्राहकहकसम्म पुर्‍याउनु, विक्रि पश्चात दिईने प्राविधिक सेवा तथा उच्च व्यवस्थापनका कारणयो सम्भव भएको हो” ।

 

हालशिवम् सिमेन्ट्स लिमिटेडकादुईओटा ब्राण्ड बजारमा छन् “शिवम सिमेन्ट” र शिवम प्लस सिमेन्ट” दुबै ओपिसि सिमेन्ट हुन ।शिवम् सिमेन्ट भन्दा शिमव प्लस सिमेन्टमा (Compressive Strength) भार बहनक्षमता रहेको छ । देशका विभिन्न ठुला राष्ट्रिय गौरवका आयोजनाहरुमा समेत आफ्नो महत्वपुर्ण भुमिका निभाउदै आएको शिवम् सिमेन्टले प्राविधिकको सल्लाह अनुसार ठुला प्रोडेक्टहरु (रोड, धावनमार्ग, ओद्योगिक भवन निर्माण,पुल ठुला भवन, रेलवे पटरी आदिका लागि बढि प्रयोग हुने गर्दछन ।

शिवम् सिमेन्टलेको उत्पादनतथा सेवा सर्वोउत्कृष्ट छ भन्ने कुरा सिमेन्ट जगतमै पहिलो पटक हालसालै नेपाल सरकार, नेपाल गुणस्तर तथा नापतौल विभागबाट प्रदान गरिने N.S. Quality Award-2019 प्राप्त गर्नुले पनि पुष्टि गरेको छ । विभागबाट हरेक वर्ष नेपाल गुणस्तर चिन्हप्राप्त सम्पुर्ण उद्योगहरु मध्ये खुल्लाप्रतिस्पर्धा गरी निरन्तर सर्वोत्कृष्ट बस्तु उत्पादनगर्ने, सम्पूर्ण उत्पादनप्रक्रिया र उत्पादित बस्तुको स्वतन्त्र परिक्षणबाट उच्च गुणस्तरको बस्तु उत्पादन र विक्रिवितरण गर्ने उद्योगलाई सम्मान स्वरुपप्रदानगर्ने गर्दछ ।

“NS Quality Award आफैमा एउटा सम्मानित Award हो जुन नेपाल सरकारले ल्क्चिन्ह प्राप्त  उत्पादित बस्तुहरु विच स्वतन्त्र परिक्षण पश्चात सर्वोउत्कृष्ट उत्पादनलाई दिने गर्दछ । सिमेन्ट जगतमै पहिलो पटक यो Awardबाट संमानित हुनु भनेको शिवमको लागिनिकै गर्वको कुरा हो । उत्पादन समय देखि नै नविन प्रविधिको प्रयोग, निरन्तर गुणस्तिरिय उत्पादन, विक्रिवितरणका, साथै उच्च व्यवस्थापनका साथ संचालन भईरहेको शिवमलाई उक्त अवार्ड प्राप्तगर्नुले अझ थप जिम्मेवारी बहन भएको महशुस गरेका छौ ।” रिजाल भन्नु हुन्छ ।

हाल कोभिड–१९ ले बजार, उद्योग र उद्योगीहरुलाई सिथिल पारेको बेला शिवम् पनि यसबाट अछुतो रहेन चैत्र ११ पछिको लकडाउन र लकडाउन पछि विकास निर्माण सम्बन्धी कार्यले निरन्तरता नपाँउदा विकास निर्माण संग सिधा सम्बन्ध रहेको सिमेन्ट बजारमा प्रत्यक्ष असर गरेको छ । सिमेन्टको विक्रि तथा मुल्य प्रतिस्प्रधाले नाफा खच्किएको भएता पनि शिबम् आफ्नो आत्मा विश्वासका साथ अगाडि बढिरेको छ । रिजालका अनुसार “हामि आशाबादी छौ, यो अवस्था धेरै समय रहने छैन, अहिले नै आत्तिनु वा अतालिनु हुदैन समय विस्तारै सहज हुनेछ र हाम्रो जस्तो विकासशील मुलुकमा ठुला–ठुला कम्पेक्स, भवन, पुलहाइवेय, एयरर्पोट, हाइड्रो पावर, बन्नबाँकी नै छन वा वनिरहेको अवस्था छ, हामीले के महशुस गर्नुपर्दछ भने यस्ता विकास निर्माणका कामहरु केही समयका लागि मात्र रोकिएको अवस्थाहो र यो महामारिको अवस्था केही सहज भएपश्चात रोकिएको यीकामहरु पुन सुचारु हुनेछन र सिमेन्टको माग अत्यन्तै बढ्ने छ ।”

शिवममात्र एउटा यस्तो ब्राण्ड हो जुन व्युरो आफ इण्डियन स्टान्डर (वि.यस.आई) प्रमाण पत्रपाप्त गरेको छ जसले गर्दा सिमेन्ट उत्पादनमा आत्मनिर्भर हुदै गएको नेपाली बजारमा मात्र भर नपरी यदि सरकारले सिमेन्ट निर्यात गर्ने उपयुक्त वातावरण तयार गरे छिमेकी मुलुकको सिमा जोडिएका राज्यहरुमा तत्कालै सिमेन्ट निर्यात गर्नसक्छ ।

“नेपालका सबै उद्योगहरुको उत्पादन क्षमता जोेड्ने हो भने नेपालमाहाल नेपाली बजारको आवश्यकता माग भन्दा बढी सिमेन्ट उत्पादनहुने अवस्था पक्कै छ । यसरी हेर्दा नेपाल सिमेन्ट उत्पादनमा आत्मनिर्भर भएको अवस्था पक्कै हो र हामीले उत्पादन गरेको सिमेन्टमा अन्तराष्ट्रिय मापदण्ड अनुसार गुणस्तर भएको हुनाले यदि सरकारले सिमेन्टलाई निर्यात गर्ने उपयुक्त बातावरण तयार गर्दिने होभने हामी तत्कालै छिमेकी मुलुकमा सिमेन्ट निर्यात गर्न सक्षम छौं ।” रिजाल भन्नु हुन्छ ।

प्रतिक्रिया दिनुहोस्