रूसी प्रधानसम्पादकद्वारा आत्मदाह



मस्को,(एजेन्सी)
रसियाकी एकजना समाचार सम्पादकले निझ्नी नोभगोरोद शहरस्थित आन्तरिक मामिला शहरनजिकै आत्मदाह गरेकी छन्। सो घटना घट्नुअघि इरिना स्लाभिनाले सामाजिक सञ्जाल फेसबुकमा,‘म तपाईंलाई मेरो मृत्युको दोष रूसी महासंघलाई दिन अनुरोध गर्दछु।’ भनेकी थिइन्।
‘सरकारी निकायले नराम्ररी जलेको अवस्थामा उनको शव प्राप्त भएको पुष्टि गरेको छ। स्लाभिनाले बिहीबार प्रहरीले आफ्नो फ्ल्याटमा छापा मारेर प्रजातन्त्र हिमायती समूह ओपन रसियासँग सम्बन्धित सामग्री खोजेको जानकारी दिएकी थिइन्। त्यहाँबाट प्रहरीले कम्प्युटर र डाटा लगेका थिए।
उनको गोर्की स्ट्रिटको एउटा बेन्चमा बसेर आफूमाथि आगो लगाएको भिडियो फुटेज एकैछिन पछि भाइरल हुन पुगेको थियो । सो फुटेजमा एकजना पुरुष दौडेर उनलाई आगोबाट जोगाउन आएको देखिन्छ। उनले आफ्नो शरीरको आगो निभाउन कोटले छोप्न खोज्दा स्लाभिनाले पटक–पटक उनलाई पछाडि धकेलेको पनि स्पष्टै देखिन्छ। अन्त्यमा शरीर थाम्न नसकेकी उनी भुइँमा ढलिन्।
रसियाको अनुसन्धान समितिले पति र छोरी छाडेर मृत्युवरण गरेकी स्लाभिनाको मृत्युको उनको फ्ल्याटमा छापा मारिएकोमा कुनै सम्बन्ध नरहेको अस्वीकार गरेको छ। स्लाभिना कोजा प्रेस न्युज वेबसाइटकी प्रधान सम्पादक हुन्।
यस वेबसाइटको मूल नारा नै ‘समाचार र विश्लेषण’ तथा ‘सेन्सरसिपरहित’ रहेका छन्। ओपन रसियामाथि छानबिन गर्ने क्रममा घर खानतलासी लिइनेमा निझ्नी नोभगारोदको उनको सातौं घर हो। गत वर्ष पनि सरकारको छविमा आँच पु¥याउने खालको लेख प्रकाशित गरेको आरोपमा उनलाई आर्थिक दण्ड दिइएको थियो। ओपन रसियाका निर्वासित संस्थापक साराह रेन्सफोर्डकी सहयोगी नतालिया ग्राज्नेभिकले आफ्नो समूहको पत्रकारको रूपमा रहेकी स्लाभिनाको मृत्युप्रति निकै दुःख लागेको बताएकीछन्।

प्रतिक्रिया दिनुहोस्