दुई रोयलबीचको भिडन्तमा बैंगलोरको जित



दुबई, (एजेन्सी)
जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार भएको दुई रोयलबीचको भिडन्तमा रोयल च्यालेन्जर्स बैंगलोरले जित हासिल गरेको छ।
अबुधाबीको मैदानमा भएको खेलमा बैंगलोरले राजस्थान रोयल्सलाई ८ विकेटले हराएको हो। राजस्थानले १ सय ५५ रनको लक्ष्य दिएकोमा बैंगलोरले मात्र २ विकेट गुमाएर प्राप्त ग¥यो। योस“गै विराट कोहली कप्तानीको टोलीले जारी आईपीएलमा ४ खेलमा ३ जित हासिल गरेको छ। उता राजस्थानको भने यो चौथो खेलमा दोस्रो हार हो।
बैंगलोरलाई जित दिलाउन कोहली र देवदत्त पाडिकलले अर्धशतकीय इनिङ खेलेका थिए। उनीहरूले दोस्रो विकेटका लागि ९९ रनको साझेदारी गरेका थिए। देवदत्त ६३ रन बनाएर जोफ्रा आर्चरको बलमा बोलड भएका थिए। २५ स्कोर हु“दा आरोन फिन्चको रूपमा पहिलो विकेट पतन भएका थिए। फिन्च मात्र ८ रन बनाएर एस गोपालद्वारा एलबीडब्ल्यू आउट भए। त्यसपछि कोहली र देवदत्तले जितको आधार तयार गरेका थिए।
अघिल्ला तीन खेलमा लय समाउन नसकेका कोहलीले राजस्थानविरुद्ध अर्धशतकको महŒवपूर्ण इनिङ खेले। उनी ७२ रनमा नटआउट रहेका थिए। ५३ बलको सामना गरेका उनले ७ चौका र २ छक्का प्रहार गरे। उनको यो आईपीएल करियरमा ३७औं अर्धशतकसमेत हो। यस्तै, एबी डिभिलियर्स १२ रनमा नटआउट रहेका थिए। राजस्थानको बलरमा आर्चर र गोपालले एक–एक विकेट लिएका थिए।
यसअघि राजस्थानले ६ विकेटको नोक्सानीमा १ सय ५४ रन जोडेको थियो। टोलीका लागि महिपाल लामरोरले सर्वाधिक ४७ रन योगदान दिए। अन्यमा राहुल तेवाटियाले २४ रन, जोस बटलरले २२ रन, रोबिन उथप्पाले १७ रन तथा रियान पराग र आर्चरले १६–१६ रन बनाएका थिए । बैंगलोरका बलरमा युजबेन्द्र चहलले ३ विकेट लिए भने इसुरु उडानाले २ विकेट हात पारेका थिए।

अघिल्लो दिन भएको खेलमा सनराइजर्स हैदराबादले चेन्नाई सुपर किंग्सलाई ७ रनले पराजित गरेको थियो। टस जितेर ब्याटिङ गर्दै १ सय ६५ रनको लक्ष्य तेर्साएको थियो। जवाफमा चेन्नई ५ विकेटको क्षतिमा १ सय ५७ रनमै समेटिएको थियो। टोलीका कप्तान धोनी अन्त्यसम्म क्रिजमा रहेर ४७ रन बनाए पनि त्यो जितका लागि पर्याप्त भएन। उनी यसअघि पनि शारजाहमा राजस्थान रोयल्सविरुद्ध पनि २९ रनमा नटआउट हु“दै पवेलियन फर्केका थिए। सो खेल पनि चेन्नईले हारेको थियो।
योस“गै चेन्नई ४ खेलमा केवल १ मा जित्दै अंक तालिकामा पुछारमा रहेको छ । चेन्नईले लगातार तीन खेलमा हार व्यहोरेको छ। हैदराबादको भने यो ४ खेलमा दोस्रो जित थियो। टोलीलाई जित दिलाउन प्रियम गर्गले सर्वाधिक ५१ रनको योगदान दिएका थिए। उनी प्लेयर अफ द म्याच घोषित भएका थिए।
धोनीको कीर्तिमान
आईपीएलमा सबैभन्दा धेरै खेल खेल्ने खेलाडी बन्दै महेन्द्र सिंह धोनीले कीर्तिमान रचेका छन्। उनले हालसम्म १ सय ९४ खेल खेलेका छन्। आईपीएलमा सर्वाधिक खेल खेल्ने दोस्रो खेलाडीमा सुरेस रैना हुन्। दुवै चेन्नईका खेलाडी हुन्। रैनाले ट्वीटरमा धोनीलाई बधाई दि“दै लेखेका छन्– ‘म खुसी छ किन कि मेरो कीर्तिमान तपाईंले तोड्नुभयो।’ यस्तै रोहित शर्मा (१९२) र दिनेश कार्तिक (१८५) तेस्रो र चौथो नम्बरमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्