दशैंलाई परदेशीको समाचार



नजिकिँदै गएको दशैंलाई लक्षित गर्दै गीतहरू आइरहका बेला गायक–गायिका रमन रायमाझी र शान्तिश्री परियारको स्वरमा परदेशीको समाचार बोलको दशैं गीत सार्वजनिक भएको छ।

नवीन पन्तको शब्द रहेको गीतमा सिद्धान्त परियारले लय भरेका छन्। नवीन पन्तको निर्देशनमा बनेको गीतको म्युजिक भिडियोमा नरेशसिंह चैरिसको छायांकन र मनीष कार्कीको सम्पादनमा रहेको छ। भिडियोमा लक्ष्मण चौलागाईं, नवीन पन्त, कसिस दाहाल, सुनीता गौतमलगायतले अभिनय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्