खोटाङमा पुन : तीन जनामा कोरोना पुष्टी



रामधन राई, खोटाङ ।

खोटाङमा थप तीन जनालाई कोरोना संक्रमण पूष्टी भएको छ । खोटेहाङ गाउँपालिका–३ सावाकटहरेका एक जना, सोही गाउँपालिका–३ इन्द्रेणीपोखरीका एक जना र वडा नम्बर–९ लिच्कीराम्चेका एक जना पुरुषलाई कोरोना संक्रमण पूष्टी भएको हो । हालसम्म कोरोना संक्रमित नभएको खोटेहाङमा एकैसाथ तीन जना संक्रमित फेला परेको हो ।

सावाकटहरेका संक्रमित ईलाका प्रशासन कार्यालय खोटाङबजारका प्रमुख हुन् । खोटेहाङ गाउँपालिकाबाट ७ जनाको स्वाव पिसिआर परीक्षणमा पठाउँदा तीन जनालाई कोरोना पोजिटिभ पूष्टी भएको गाउँपालिका अध्यक्ष प्रदीप राईले बताउनुभयो । संक्रमितमध्ये इन्द्राणीपोखरीका पुरुष हप्ता दिनअघि साउदी अरवबाट र लिच्कीराम्चेका पुरुष पनि हप्ता दिनअघि नै कतारबाट आएका हुन् ।

विदेशमा गरिएको पिसिआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएका उनीहरुलाई होमक्वारेन्टीनमा राखिएको अवस्थामा पुःन पिसिआर परिक्षण गर्दा कोरोना पोजिटिभ देखिएको गाउँपालिका अध्यक्ष राईको भनाई छ ।

संक्रमितलाई गाउँपालिकाकै आइसोलेसनमा राख्ने तयारी गरिएको छ ।

यससँगैै, जिल्लामा कोरोना संक्रमितको संख्या २६ पुगेको छ । त्यसमध्ये २१ जना संक्रमितले कोरोना जितिसकेका छन् । जिल्ला प्रहरी कार्यालयका दुई प्रहरी जवान उपचारका क्रममा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्